यस्तो आयो नालापानीको टिजर

काठमाडौं,
आश्विन ११ ।

चलचित्र नालापानीको टिजर सार्वजनिक भएको छ । भिएफएक्स प्रयोग भएको चलचित्र ‘नालापानी’को अफिसियल टिजर विहिबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

कलाकार र निर्माण टिमको उपस्थितिमा सार्वजनिक गरिएको चलचित्रको टिजरमा मेकिङ लोभलाग्दो देखिन्छ भने ब्याकग्राउन्ड स्कोर उस्तै उम्दा छ । टिजरले चलचित्रको प्रतिक्षा गराउने पक्का छ ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो चलचित्र निर्माण भएको हो ।

चलचित्रमा देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, ईशान बिजु श्रेष्ठ, विशाल श्रेष्ठ, गीता विष्ट, प्रनिश शाक्य, सिरता राजेउपाध्याय, लक्ष्मिनाथ तिमिल्सिना, महाविर विश्वकर्मा, सुष्मा भट्टराईलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

पद्मा कुमारी फिल्मस प्रा.लि. र गंगानारायण फिल्मस् प्रा.लि.को संयुक्त ब्यानरमा बनेको यस चलचित्रमा मनोज शाक्य निर्माताको रुपमा रहेका छन् । रिमेश अधिकारी निर्देशित चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।
बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेल र बसन्त खत्री मगरले भिएफएक्स गरेको यस चलचित्रलाई रामशरण उप्रेतीले छायांकन गरेका छन् । प्राचार्य रामराजा कुँवर र प्रा. डा. धनबहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’ मा ‘नालापानी’ चलचित्र आधारित छ ।

ज्ञानेन्द्र थपलिया कार्यकारी निर्माता रहेको चलचित्रको सहनिर्मातामा गणेश कार्की छन् । सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर रहेको ‘नालापानी’ मा कविराज गहतराजको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन छ । चलचित्र सिनेमाघरमा आउँने मिति भने सार्वजनिक गरिएको छैन् ।

https://www.youtube.com/watch?v=kNssnlTkXyo

यसमा तपाइको मत

अन्य समाचार