काठमाडौं,
आश्विन १० ।
रङ्गीन दुनियाँमा रमाउन नचाहने को होला । नाम र पहिचान एक साथ कमाउन सकिने कलाकारीताको क्षेत्रमा सफल हुन पाउनु चाहीं भाग्यको कुरा हो । छोटै समयमा आफुलाई ग्ल्यामर क्षेत्रमा स्थापीत गराउन लागि परेकी नायिका हुन् प्रियंका अधिकारी ।
उनको सानै देखिको चाहना हो अभिनय र मोडलिङ । आफ्नो चाहना पुरा गर्न कलाकारीताको क्षेत्रमा होमिएकी प्रियंका म्युजिक भिडियो हुँदै अब चाँडै नै चलचित्रको ठूलो पर्दामा दखिने भएकी छन् ।
उनि अभिनित चलचित्र ‘मदहोस’ यतिबेला चितवनको विभिन्न स्थानमा छायाँकन भइरहेको छ । ‘मदहोस’ का निर्देशक एसके अधिकारी हुन् । हर्ट नायिकाको रुपमा स्थापित हुन चाहने मोरङ, विराटचौककी प्रेयंका अधिकारी यो क्षेत्रमा प्रतिस्पर्धा नहुने कुरै भएन जे भएपनि आफु हिक्मतका साथ संघर्ष गरिरहेको बताउँछिन ।
नृत्यमा अव्बल प्रियंकाले आगामी दिनमा अभिनय र मोडलिङ्ग दुबैलाई एकसाथ अघि बढाउने सोच लिएकी छन् । उनले झण्डै आधादशक नृत्य प्रशिक्षकको रुपमा काम गरिसकेकी छन् ।
एउटा कलाकार सामू कस्तो खालको पात्रको भूमिका आईपर्छ त्यसलाई सहज रुपमा निभाउनु नै कलाकारीता हो जुन क्षमता ममा छ भन्दैे उनी अगाडी भन्छिन.. ‘मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानुपर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ ।’






