काठमाडौं,
आश्विन ९ ।
चलचित्र कर्तुतको शुभमुहुर्त गरिएको छ । सदिसा इन्टरटेन्मेण्टको प्रस्तुतिमा निर्माणहुन लागेको चलचित्र कर्तुतको राजधानीमा सोमबार एक कार्यक्रमकाबीच शुभमुहुर्त गरिएको हो । दिपजत केसी र मनोज कटवालले निर्माण गर्न लागेको यो चलचित्रलाई उपेन्द्र तिमिल्सिनाले निर्देशन गर्दैछन् ।

चलचित्रका कलाकारमा सञ्चिता लुइँटेल र आमेश भण्डारी बाहेक अन्य कलाकारलाई सार्वजनिक गरिएको छैन । कमल राईको नृत्य निर्देशन रहने चलचित्रको कथा दिपजत केसी कै रहेको छ भने स्क्रिप्ट शुसिल पोखरेलको रहेको छ ।
दिनेश सुवेदी, डा. कृष्णहरि बरालको गीत रहने चलचित्रमा हरि लम्साल र बाबुल गिरीको म्युजिक रहने बताइएको छ । त्यस्तै चलचित्रमा कला निर्देशक सुदन घिमिरे, मेकअप संगीता लामा, ड्रेस दीपक दाहालको रहने छ ।
चलचित्र मंसिर १ गतेदेखि छायाँकन गरिने निर्माता दिपजत बताउँछन् । चलचित्रलाई काठमाडौं र इलाममा छायाँकन गरिने उनले जनाए ।






