काठमाडौं,
आश्विन ५ ।
म्युजिक खबर म्युजिक अवार्डका उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान गरिएको छ । सातौं म्युजिक खबर म्युजिक अवार्डको मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई राजधानीमा बिहिबार एक कार्यक्रमको आयोजनागरि मनोनयनको प्रमाणपत्र प्रदान गरिएको हो ।
यही आश्विन १९ गते विराटनगरमा सम्पन्न हुने म्युजिक खबर म्युजिक अवार्डमा परेका विभिन्न ३३ विधाका उत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको हो । अवार्डमा राष्ट्रिय भाव, पप, लोक, चलचित्र, आधुनिक विधाका कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा अवार्डका सल्लाहकारहरु वरिष्ठ चलचित्र निर्देशक/लेखक मोहन निरौला, चलचित्र निर्देशक सुमन दाहाल, गीतकार आरसी कोइराला, साहित्यकार राधेश्याम लेकाली, अवार्डको संयोजक सबिता पोखरेल, राष्ट्रिय योजना आयोगका उपसचिव नारायण खतिवडा, कलाकार निर्देशक निर्मल शर्मा, बिजी मलका प्रमुख बासु गिरी, गरुडा हाउजिङको प्रमुख उज्जवल जंग ठकुरी, गीतकार योगेन्द्रमणी दाहाल, गायक प्रमोद खरेल, चित्रकार ज्योतिप्रकाश लगायतको हातबाट मनोनयनमा परेकालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
दरबार रोधी घर जमलको हलमा सम्पन्न भएको उक्त कार्यक्रममा अवार्डका सदस्य सचिव सन्तोष श्रेष्ठले उपस्थित स्रष्टाहरुलाई स्वागत मन्तव्य दिंदै अवार्डको गरिमाका बारेमा उल्लेख गरेका थिए । त्यसैगरी सल्लाहकार मोहन निरौलाले पूर्वको शहर विराटनगरमा सम्पन्न हुन लागेकोमा गर्व लागेको बताउँदै पहिलोपटक राजधानी केन्द्रीत अवार्डहरु विदेशमा जानुभन्दा स्वदेशभित्रकै शहरहरुमा गर्नु महत्वपूर्ण हुने बताए । अवार्डका अध्यक्ष सुमन बैरागीको अध्यक्षतामा भएको कार्यक्रमलाई कार्यक्रम निर्देशक शान्तिप्रियले सञ्चालन गरेका थिए ।
अवार्डमा गायक शिव परियार, रमेशराज भट्टराई, अर्जुन सुनाम, नरहरि प्रेमी, रञ्जित परियार, बैकुण्ठ महत, सञ्जीव कुमार पौडेल, गायिका प्राश्ना शाक्य, शर्मिला गुरुङ, सुनिता दुलाल, डेबिट शंकर, ध्रुव बिश्को, सरु गौतम, अर्पना श्रेठ, सुशिला पाठक, सङ्गीतकार सुनिल मास्के, विकास चौधरी, डेनी निरौलालगायत एक सयभन्दा बढी कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उत्कृष्ट पाँचका मनोनयन
१. सर्वोत्कृष्ट राष्ट्रियभावको गीत
एकै घरका सन्तान हामी- एसपी सापकोटा
म भन्दा नि माथि- सुदन डोटेल
माया छ मलाई मेरो देशको- नवराज जंग थापा
मेरो देश सुन्दर छ -चुडामणि देवकोटा
हामी नेपाली- डीपी खनाल
२. सर्वोत्कृष्ट पप गायिका
अर्पणा श्रेष्ठ- अघि बढौं न
एन्जिला रेग्मी -दिलको भित्तामा
सुशिला पाठक -सानीलाई
मन्जु पौडेल -दामी छ रेन्त
सरिता शाही- मलाई फूल भन्नु
३. सर्वोत्कृष्ट पप गायक
कन्हैया सिंह- वा रे वा
गम्भीर केसी- नजाउ न भनी
राजेश बर्देवा -आहा साइली
शंकर थापा स्माइल – माया लगाई
उदयराज पौडेल -चिटिक्क

४. सर्वोत्कृष्ट पप सङ्गीतकार
आर.बी. लामा -मज्जा बेग्लै
गैरे सुरेश -मलाई फूल भन्नु
नवीन रावल- दिलको भित्तामा
रमेशराज भट्टराई -बहुला बनाउँछु
शंकर थापा स्माइल -माया मलाई
५. सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा
डीबी दाहाल -सम्झी रुने दिन
चन्दा खड्का -मायााकै पिरले
ध्रुब विसी -भेट हुँदा ठिक्क
अमृता श्रीपाल -गैरी गाउँको मेला
प्रतिमा अर्याल -एउटा कुरा
६ .सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल लोकदोहोरी
दिपाशा बिसी -चर्चित
रिना थापा मगर-गाउँमा हल्ला चल्यो
आशा खड्का -फर्की आउँदिनँ
रश्मी तामाङ -लाहुरे बाको छोरीले
सञ्चिता शाही -अन्धोपन
७. सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल लोकदोहोरी पुरुष
काजीस श्रेष्ठ -रातो अबिर
विवश ठकुरी -कलेजी फाटेर
बुद्धबीर थापा -दुःखीले पनि
सुमन खतिवडा -खरानी
सुमन परियार-रानी हजुर
८.सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक लोकदोहोरी
उमेश गुरुङ -पिरतीको हे साइली
प्रकाश भट्ट- तामे करुवा
शंकर बिसी -गाउँमा हल्ला चल्यो
प्रियजन राई -बार लाउ है मायाले
याम गुरुङ -दुई कुराले
९.सर्वोत्कृष्ट लोकगीत
झिल्के भेना -दुर्गा गुरुङ
मेरो माया छ भने राधा -शर्मिला गुरुङ
फणिन्द्र ठकुरी पार्यो तिरिमिरी
सुनको औंठी -गणेश गुरुङ
आमा -विरही कार्की
१०. सर्वोत्कृष्ट लोकदोहोरी शब्द
नरेश खाती -रुँदै रुँदै
विरही कार्की -लाहुरे बाको छोरीले
दर्शन ठकुरी -कलेजी फाटेर
शिव हमाल-लठ्ठै पार्यो मायाले
विनोद बाबु केसी -के गरम म अब
११.सर्वोत्कृष्ट लोकदोहोरी भाका
राजन ठकुरी -कलेजी फाटेर
बलबहादुर गुरुङ -विछोड
शिव हमाल -म तिम्रै हुँ क्यार
कृष्ण रेउले -गाउँमा हल्ला चल्यो
कस्तुप पन्त -पिरती मिसाउनी
१२. सर्वोत्कृष्ट गायक लोकदोहोरी
बैकुण्ठ महत -दुई कुराले ठग्यो
दीपसागर थापा -धादिङ नौबिसे
प्रकाश सपुत -चरर बरर
मेक्सम खाती -रुँदै रुँदै शहर
रञ्जित परियार -गैरी गाउँको मेला

१३. सर्वोत्कृष्ट गायिका लोकदोहोरी
देवी घर्ती -हिजोको घाउ
सुनिता दुलाल -मायालुको साथै रमाइलो
प्रिति आले -गाउँमा हल्ला चल्यो
गीता देवी -संसार छोडी जाम
पूर्णकला बिसी -रुँदै रुँदै तिम्रो शहर
१४.सर्वोत्कृष्ट चलचित्र गीतकार
प्रदीप भारद्वज -घिनघिन मादल (पञ्चेबाजा)
शिवम अधिकारी -छोरीको जन्म (पञ्चायत)
हरि उप्रेती -दुई चुल्ठी (मुर्चङ्गा)
लेखु सहयात्री-तिमीसँग (तिमीसँग)
लोकराज अधिकारी रुपै मोहनी (सत्रुगते)
१५.सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
सुमिना लो -चिपक चिपक (राज्जारानी)
मेलिना राई -दुई चुल्ठी (मुर्चुङ्गा)
अन्जु पन्त -घिनघिन मादल (पञ्चेबाजा)
सरु गौतम -छोरीको जन्म (पञ्चायत)
सेलिना कुवँर – दिलरानी (नेप्टे)
१६. सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
नरहरी प्रेमी -चिपक चिपक (राज्जारानी)
डेविट शंकर -घिन घिन मादल (पञ्चेबाजा)
चिरञ्जीवी भण्डारी -झ्यानापुटुङ – दिपज्योति
राजेशपायल राई -दुई चुल्ठी (मुर्चुङ्गा)
रञ्जित कुमार सहानी -मेरो मनको (धनवान)
१७.सर्वोत्कृष्ट चलचित्र सङ्गीतकार
अर्जुन पोखरेल -तिमी रोएको पल (ऐश्वर्या)
विकास चौधरी -घिन घिन मादल (पञ्चेबाजा)
दीपक शर्मा -पर्ख पर्ख मायालु (मंगलम्)
टंक बुढाथोकी -छोरीको जन्म (पञ्चायत)
राजनराज शिवाकोटी -चरि चट्ट परी भुरुरु (कान्छी)
१८. सर्वोत्कृष्ट गजल
विपिन मर्म -मायाले रेटीएँ
विपिन किरण -दुख्दिनँ म
शुष्मा देवकोटा -खोजिरहेछु
डा.कृष्णहरि बराल -मसँग माया
डब्बु क्षत्री -दोषी त नजर
१९.सर्वोत्कृष्ट नवप्रतिभा पुरुष सुगम सङ्गीत
कृष्ण भट्टराई -तिमीलाई नदेख्दा
रुद्र शेखर -शर्मा दुख्दिनँ म
राजमान तामाङ -पूर्वमा धरान
सन्तोष कालिकोटे -छटपटी
गोपाल ज्ञवाली -अलिअलि

२०. सर्वोत्कृष्ट नवप्रतिभा महिला सुगम सङ्गीत
उषा मलाहा -पिरतीमा झुमु झुमु
छनु गुरुङ -झल्को लाग्ने
सारिका घिमिरे -के देखेर माया लायौ
मेनुका पौडेल-कुर्दा कुर्दै
इन्दिरा रजक -बिझाउँदो रैछ
२१. सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक सुगम सङ्गीत
निशान घिमिरे-जुन जस्तो
सुजन शाही -कोइलीको जस्तो
विकास धमला -तिमीलाई छुदै
दिनसन शाह-नजाउ न भनी
वीरेन्द्र भाट विपिन -माया लाउने
२२. सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार सुगम सङ्गीत
उत्सव दाहाल -यो जुनीमा
अजय रेग्मी -कोइलीको जस्तो
नवराज उप्रेती -तिमी खुशी
राजेश घिमिरे -नचाहेरै तिमीसँग
बुद्ध थापा -बर्सिनु बस्र्यो
२३.सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल महिला सुगम सङ्गीत
मरिष्का पोखरेल -जुन जस्तो
क्रिस्टिना -म त माया
जुना सुन्दास -मुटु बिक्दो रैछ
आश्मा घिमिरे -तिमीलाई छुँदै
अनामिका चौलागाई -उनको मेरो
२४.सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष सुगम सङ्गीत
आकाश श्रेष्ठ -जुन जस्तो
श्रीदेव भट्टराई-कोइलीको जस्तो
देवेन्द्र क्षत्री -नचाहेरै तिमीसँग
जीवन खड्का -छोडी जाने बैगुनी
नारायण ढकाल -म त माया
२५.सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक सुगम सङ्गीत
अर्जुन अधिकारी -जुनजस्तो
प्रकाश धिताल -यो जुनीमा
दिपेन्द्र तिमिल्सिना -तिमी खुशी
सञ्जय बराल -बर्सिनु बस्र्यो
राजीव बलामी -दर्द्भित्र
२६.सर्वोत्कृष्ट ध्वनि सम्पादक सुगम सङ्गीत
कुमार राना -तिमी देखि
किशोर थापा -कहिले माया यता
भोला पौडेल -आमा मलाई
प्रकाश मिश्र-छैनन् शब्द
शम्भू तण्डुकार- भनौं भने मेरा
२७. सर्वोत्कृष्ट सङ्गीत संयोजक सुगम सङ्गीत
कृष्ण पुन -पूर्णिमाको रात
निरज श्रेष्ठ -निष्ठुरीले खुशी
मनोहर सुनाम -माछापुच्छ«े रोयो
शाहस शाक्य -छैनन् शब्द
किरण कँडेल- भनौं भने
२८. युगल गायन सुगम सङ्गीत
सुमन केसीरमेलिना राई -दिलमा सजाउँला
एसराज कुमाररमेलिना राई -बाडुली
अन्जु पन्तरटंक बुढाथोकी -अल्लारे जोवन
ध्रुव विस्कोरसरु गौतम -काग दाजै
अन्जु श्रेष्ठरराजसागर -ढाकाटोपी
२९.सर्वोत्कृष्ट गीतकार सुगम सङ्गीत
अमर वान्तु -फूल जस्तै
किरण केसी क्रोधी -कुनै दिन
मणिराज शर्मा -बर्सिनु बस्र्यो
युनिशा हमाल -आँखाभरि
नूतन भुसाल -कैदी बनाउ
३०. सर्वोत्कृष्ट गायिका सुगम सङ्गीत
श्रेयसी चेमजोङ-नचाहेरै तिमीसँग
सहिमा श्रेष्ठ -कुनै दिन
अन्जु पन्त -भूल भए माफ
प्राश्ना शाक्य -कैदी बनाउ
जुनु रिजाल -कहिले माया
३१. सर्वोत्कृष्ट गायक सुगम सङ्गीत
अर्जुन सुनाम -ठूलो सानो
सुमित खड्का -तिम्रो प्रेमको माला
शिव परियार -बर्षौ भो
सञ्जीवकुमार पौडेल -छैनन् शब्द
प्रेम प्रकाश ओली -पलपल मुटु जलाई
३२. सर्वोत्कृष्ट सङ्गीतकार आधुनिक
सुनिल मास्के -कैदी बनाउ
राजेश थापा-कहिले माया
सरोज प्याकुरेल-माछापुच्छ«े रोयो
पोषण श्रेष्ठ -पूर्णिमाको रात
डेनी निरौला -आमा मलाई
३३. सर्वोत्कृष्ट एल्बम
अस्तित्व -सञ्जिव कुमार पौडेल
रुपम -रुद्र शेखर
नूतन कृति-नूतन भुसाल
कर्म -एसपी सापकोटा
परिभाषा -राखी गौचन






