काठमाडौं,
आश्विन ५ ।
नेपालीहरुको महान् पर्व दशैँ नजिकिदै छ । यसै मेसोमा यससँग सम्बन्धित गीतहरु सार्वजनिक भइरहेका छन् । यही दशैँ तिहारलाई लक्षित गरी रोशन कुताल क्षेत्रीको स्वरमा ‘आयो फेरि दशैँ र तिहार…’ गीत सार्वजनिक भएको छ । याक ईन्टरटेन्टमेन्टको प्रस्तुतिमा ‘आयो फेरि दशैँ र तिहार…’ गीतको भिडियो सार्वजनिक भएको हो ।
परदेशी युवाको पिडालाई गीतमा समेटिएको छ । चाडपर्वमा आफनो सन्तान नहुदाँको पिडालाई गीतमा समेटिएको छ ।
रोशनकै लय तथा शब्द सृजनामा रहेको गीतको भिडियोलाई शम्भु चालिसेले निर्देशन तथा छायांकन र रबिन बिक र रमेश रसाईलीको सम्पादन गरेका छन् ।
गीतको भिडियोमा रामचन्द्र अधिकारी, माधवा खनाल, बाबुराम शर्मा, रमेश रसाईली, निस्मा राई र बाल कलाकार शाक्या चालिसेको अभिनय रहेको छ ।






