यस्तो आयो ‘डोली’को ‘झ्यानाकुटी झ्याई’

काठमाडौं,
आश्विन ३ ।

चलचित्र डोलीको ‘झ्यानाकुटी झ्याई’ गीत सार्वजनिक भएको छ । किरण नेपालीको चलचित्र ‘डोली’को पहिलो गीत ‘झ्यानाकुटी झ्याई’ सार्वजानिक भएको हो । लोक लयमा तयार भएको यो गीतमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, प्रिया रिजाल, सानिया खान, संगीता नापितलगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।

मंसिर २८ गतेदेखि देशभरका सिनेमाघरमा आउँने तयारी गरेको चलचित्र समसामयिक बिषय बस्तुलाई उठाएर निर्माण गरिएको बताईएको छ । चलचित्रमा राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको छ ।

सार्वजानिक गीतमा हरि उप्रेतीको शब्द रहेको छ भने सी.डी. बिजय अधिकारी र मेलिना राईको स्वर तथा सी.डी. बिजयकै सङ्गीत रहेको छ । श्रीकृष्ण परियारको नृत्य रहेको यो गीतले छोटो समयमा नै दर्शकको मन जित्नेमा निर्माणपक्ष विश्वस्त देखिएको छ ।

‘डोली’को यो गीत केही समय अगाडी सार्वजनिक गरिने भनिएता पनि निर्माता किरणलाई पितृशोक परेपछि गीतको रिलिज समयम केही दिन लम्बिएको निर्माण टिमले बताएको छ ।

चलचित्रमा अर्जुन गुरुङ, नविन रेग्मी,हिमवाला गौतम, दामोदर खतिवडा, प्रशान्त भण्डारी तथा सतिश खत्रिको पनि अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार