काठमाडौं,
आश्विन ३ ।
इन्दिरा भट्टराईको स्वरमा रहेको ‘मनमा आँधी…’ गीत सार्वजनिक भएको छ । शान्ति प्रियको शब्द र सन्तोष श्रेष्ठको सङ्गीतमा तयार भएको ‘ढुक्ढुकी मनमा आँधी…’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
काजिस श्रेष्ठको निर्देशनमा तयार भएको गीतको भिडियोमा श्रीदेव भट्टराई र अनु शाहले अनस्क्रिन रोमान्स गरेका छन् ।
अजय रेग्मीले छायाँकन गरेको गीतको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका छन् ।






