काठमाडौं,
आश्विन ३ ।
एस आर एस ईन्टरटेडमेन्टको प्रस्तुतीमा ‘सरसर…..’ वोलको लोक तथा पप गीत सार्वजनिक भएको छ । मङ्गोलियन हर्ट गायक राजु लामा र गयिका रमिला ज्ञाङ्मी मगरको स्वर रहेको गीतमा डीपी खनालको शब्द, र धनु ज्ञाङ्मी मगरको सङ्गीत रहेको छ ।
सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङद्वारा रेकर्डिङ ‘सरसर…..’ वोलको गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गरेका हुन् ।
शुब्रतराज आचार्याको निर्देशन, जय शर्माको सहनिर्देशन रहेको गीतमा एलिश राई, गम्भिर बिष्ट र प्रकाश वस्नेतको नृत्य रहेको छ ।
सुरेन्द्र वस्नेतको कोरियोग्राफी रहेको यस गीतलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् भने नविन निरौलाको सम्पादान गरेका छन् ।
https://www.youtube.com/watch?v=rYq-e0Rtzkw&feature=share






