राजको ‘यही त होला माया…’ (भिडियोसहित)

काठमाडौं,
भाद्र २८ ।

राज खम्बुको नयाँ गीत ‘यही त होला माया…’ सार्वजनिक भएको छ । केही समय अगाडी सम्पन्न भएको बुगीवगीका बिजेता कबिता नेपाली र चर्चित अभिनेता पल शाह फिचरिङ ‘यही त होला माया’को भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द तथा आशिष अविरलको सङ्गीत रहेको छ । गीतको एरेञ्ज प्रदिप श्रेष्ठले गरेका हुन्, भने मिक्सिङ किशोर थापाको रहेको छ ।

डान्सिङ जनरामा बनेको म्युजिक भिडियोमा कविता नेपालीको एक फ्यानको भुमिकामा अभिनेता पल शाहलाई देख्न सकिन्छ । भिडियोमा अभिनेता पल शाह र कबिताको जोडी जमेको छ । पल र कबिताको जोडीलाई भिडियोमा उतार्ने काम भने चर्चित भिडियो सम्पादक तथा निर्देशक टेकेन्द्र शाहले गरेका छन् ।

विशाल चौतारी मिडिया प्रा.लि.को युट्युव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा प्रशान्त तमाङको कोरियोग्राफी रहेको छ, भने राम कुमार केसीको सिनेमाटोग्राफी रहेको छ । भिडियोको सम्पादन भने निर्देशक स्वयम् टेकेन्द्रले गरेका हुन् ।
खम्बुको यो गीत ‘म त तिम्रो’एल्बममा समावेश रहनेछ ।

गायक खम्बुको पहिलो एल्बम १० वर्ष अगाडी ‘चिनो’ बजारमा आएको थियो । दोस्रो एल्बम ‘म त तिम्रो’को प्रस्तुतकर्ता स्वर्गीय अन्सु राई हुन् । ‘मेरो दोस्रो एल्बम जुनमा रिलिज हुन लागेको थियो, तर मेरो श्रीमती बित्नुभएको कारणले रिलिज हुन सकेन । अब यो एल्बम मेरो श्रीमतीको वार्षिकिमा सार्वजनिक हुँदैछ’, गायक राज खम्बुले भने ।

यसमा तपाइको मत

अन्य समाचार