काठमाडौं,
भाद्र २३ ।
कात्तिक ३० देखि देशभरका सिनेमाघरमा आउँन लागेको चलचित्र ‘दैलो’ को आइटम गीत सार्वजनिक भएको छ । चलचित्रको ‘लाग्यो मलाई…’ बोलको गीत सार्वजनिक भएको हो । गीतको भिडियोमा मोडल पवन पाठकले ठुम्का लगाएकी छन् ।
दुर्गा साउदको गायन रहेको गीतमा विमल भट्टराईको शब्द र लक्षु प्रकाश मल्लको सङ्गीत सुन्न सकिन्छ । सुरेश उप्रेतीको निर्माण तथा निर्देशन रहेको चलचित्रमा बिमल भट्टराईको छायांकन र तारा थापाको सम्पादन छ ।
जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले संयूक्त रुपमा निर्माण गरेका हुन् ।
चलचित्रमा सुरेश उप्रेती, दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतका कलाकारको अभिनय रहेको छ ।
यस्तो छ गीतः-






