काठमाडौं,
भाद्र २३ ।
रङ्गीन पर्दा मार्फत धेरैको मन जित्न सफल नायिका सोविता सिम्खडाले पाठकमाझ वराङगना उपन्यास लिएर आउँदैछिन् । उनको पहिलो उपन्यास असोज ५ गते काठमाडौंको पर्यटन बोर्डको हलमा एक समारोहका बीच सार्वजनिक गर्न लागेको उनले जानकारी गराइन ।
वराङगना नाम राखिएको सोविताको सो उपन्यास बुलबुल पब्लिकेशनले बजारमा ल्याउन लागेको हो । उपन्यासको कभर पेज सार्वजनिक भएपछी सबैतिरबाट आफुलार्इ सकारात्मक प्रतिकृया आएको बताउने लेखिका सोविताले सुक्रबार आफ्नो उपन्यास वराङनाको भिडियो प्रोमो सार्वजनिक गरेकी छिन ।
तीन बर्ष लगाएर लेखिएको सोविताको वराङगनाको प्रोमोमा उनी देखीएकी छिन । काठमाडौं तथा ललितपुरका केही सुन्दर स्थानमा खिचिएको प्रोमो आकर्षक बनेको छ । पछिल्ला केही समय चलचित्रमा नदेखिएकी उनले त्यस्को राज उपन्यास लेखन रहेको समेत प्रष्टाएकी छिन ।
०६५ सालमा नेपाली चलचित्र ‘सन्देश’ मार्फत रजतपटमा प्रवेश गरेकी उनले ‘गङ्गाजल’, ‘कसम’, ‘मा¥यो नि मायाले मा¥यो’, ‘तिमी बिनाको जीवन’, ‘चम्पा चमेली’, ‘आफ्नै मनलाई सोधीहेर’, ‘व्याच नं १६’, ‘बीरताको चिनो’, ‘द लास्ट किस’ जस्ता एक दर्जन भन्दा बढी चलचित्रमा लिड रोलमा अभिनय गरेकी छन् ।
त्यस्तै भोजुपुरी चलचित्र दानवीर र दिदी तोहर देवर दिवाना, ‘मर्द रिक्सावाला’ जस्ता चलचित्रमा पनि उनलाई देख्न सकिन्छ । विभिन्न प्रोग्रामहरुमा होष्टको भुमिकाका साथै टिभी कार्यक्रमको प्रस्तोता समेत रहेकी शोभिताले थुप्रै म्युजिक भिडियोहरु पनि अभिनय गरेकी छन् ।
देश विदेशका विभिन्न कार्यक्रमहरुमा आफुलाई सहभागी गराउँदै आएकी ओशोभक्त शोभिताले यतिवेला सामाजिक उपन्यास ‘वराङगना’ पाठकमाझ ल्याउने अन्तिम तयारीमा जुटेकी हुन् ।






