काठमाडौं,
भाद्र २० ।
मिस एण्ड मिसेस तीज नेपाल २०७५को ताज पहिरहन सफल भएका छन् मनिषा पौडेल र हिमा गुरुङ । दक्ष इन्टरनेशनल प्रा.लि.ले आयोजना गरेको उक्त प्रतियोगितमा मिसेस तीज नेपालको फर्स्ट रनरअप मनिता कोइराला, सेकेण्ड रनरअप पुजा तामाङ, मस्ट पपुलरमा पवित्रा रिमाल र भिउवर्स च्वाइजमा सुशिला थापाले जित्न सफल भएका थिए । त्यसैगरी मिस तीजको फर्स्ट रनरअप सेलिना पुन, सेकेण्ड रनरअप कृपा पौडेल, मस्ट पपुलर ममता दास बिजेता बन्न सफल भएका छन् ।
बिगत केहि बर्ष देखि सौन्दर्य प्रतियोगिताहरु आयोजना गर्दै आएको दक्ष इन्टरनेशनल प्रा.लि.ले यसवर्ष हरितालिका तीजको अवसर पारेर मिस एण्ड मिसेस तीज नेपालको आयोजना गरेको हो । प्रतियोगितामा बरिष्ट हास्य कलाकार बसुन्धरा भुसालको प्रमुख अतिथिमा अन्य ४ जना आफ्नो आफ्नो क्षेत्रमा योगदान पुर्याउन सफल व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो जसमा बरिष्ट गायक सिताराम पोखरेल, शान्ता तामाङ, अमिर न्यौपाने, ब्युटिसियन बबिता बुद्धाचार्य सम्मानित भएका थिए ।
कोरियोग्राफर तथा उद्घोषक आस्विनी झाले सहजिकरण गरेको प्रतियोगितामा बरिष्ट गायक आनन्द कार्की, गायिका सिन्धु मल्ल, सञ्चारकर्मी सुर्य चन्द, कलाकार रश्मि भट्ट, गायक यमन श्रेष्ठ, मोडल पार्वती राइ, सञ्चारकर्मी राजेन्द्र लुइँटेल निर्णायक मण्डलीमा रहेर बिजेता घोषित गरेका थिए ।
मोडल तथा कोरियोग्राफर आशिष मिश्रले कोरियोग्राफी गरिएको उक्त सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइएको थियो ।






