काठमाडौं,
भाद्र १५ ।
चलचित्र ‘चौका दाउ’को पहिलो गीत ‘राधा पियारी’ सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीत ‘राधा पियारी’मा शम्भुजित बास्कोटा र कोमल राजभण्डारीको स्वर रहेको छ भने सङ्गीत शम्भुजित बास्कोटाको र शब्द श्रीपुरुष ढकाल र दयाराम पाण्डेको रहेको छ ।
गीतलाई भिमफेदी गाइजले कोरियोग्राफी गरेका छन् । गीतमा चलचित्रका कलाकारहरू सन्तोष पन्त, तइयब शाह, विल्सन विक्रम राई, रविन्द्र झा, वर्षा राउत, निर्मल गुरुङलगायतका लाई फिचरिङ गरिएको छ ।
सुर्याजित बास्कोटा र मनोज राजभण्डारीको लगानीमा निर्माण भएको चलचित्र चौका दाउलाई पुणेन्दु झाले निर्देशन गरेका हुन् ।






