काठमाडौं,
भाद्र १५ ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन सम्मेलनको दोस्रो दिन सम्मलेनका एजेण्डामाथि छलफल सकेर १८ बुँदे काठमाडौ घोषणापत्र जारी गर्दै सम्मेलन समापन भएको घोषणा गरिएको छ । घोषणापत्रमा सातवटै सदस्य राष्ट्रका सरकार प्रमुखहरुले हस्ताक्षर गरेका छन् ।
यसक्रममा ग्रिड इन्टरकनेक्सनका विषयमा बिमस्टेक राष्ट्रहरुबीच एमओयुमा समेत समझदारी भएको छ । यसमा बिमस्टेक राष्ट्रका विदेशमन्त्रीहरु हस्ताक्षर गरे । आजै बंगलादेश, म्यानमार, थाइल्याण्ड र भारतका सरकार तथा राष्ट्रप्रमुख स्वेदश फर्कने कार्यक्रम रहेको छ ।
बिम्स्टेक अध्यक्षता हस्तान्तरण
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को अध्यक्षता श्रीलङ्कामा हस्तान्तरण भएको छ ।
राजधानीमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा केही बेरअघि बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालले बिम्स्टेकको अध्यक्षता ग्रहण गरेयता बितेका साढे चार वर्षमा सबै सदस्य राष्ट्रबाट निरन्तर सहयता प्राप्त भएकामा हार्दिक आभार प्रकट गरे ।






