काठमाडौं,
भाद्र १५ ।
गत हप्ता प्रदर्शनमा आएको चलचित्र ‘नाइँ नभन्नू ल–५’ दोस्रो हप्तामा प्रवेश गरेको छ भने आज देखि सिनेमाघरमा सन्तोष सेन द्वारा निर्मित चलचित्र ‘मेरी मामु’ले प्रदर्शन आरम्भ गरेको छ ।
चलचित्र ‘मेरी मामु’ बाट उनका ६ वर्षे छोरा आयुव सेनले डेब्यु गरेका छन् । बाल मनोविज्ञानमा आधारित यस चलचित्रले आमा र छोरा वीचको दूरी र आत्मीयताको कथा वाचन गरेको भनिएको छ ।
यम थापाको निर्देशन र कथा रहेको चलचित्र ‘मेरी मामु’ मा कुसुम गुरुङ, शारुक ताम्राकार, अश्लेषा ठकुरीलगायतका कलाकाहरुको अभिनय रहेको छ ।






