यस्तो आयो ‘इन्टु मिन्टु लन्डनमा’को ट्रेलर

काठमाडौं,
भाद्र १३ ।

चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ‘उडायो हावाले’ र शिर्ष गीत रिलिज भएसँगै चर्चामा रहेको अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर स्टारर चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको हो ।

ट्रेलरमा साम्राज्ञी र धिरजको प्रेम सम्बन्धमा पैदा हुने उचारचढाव देखाइएको छ । साम्राज्ञी र धिरजको प्रेममा आर्मीको भूमिका निर्वाहा गरेका अभिनेता सारुक ताम्राकार भिलेन बनेका छन् ।

अधिकांश छायांकन लन्डनमा गरिएको यो चलचित्र प्रेमकथामा आधारित भनिएको छ । रेनाशा वान्तवा राई निर्देशित  चलचित्रलाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् ।

आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लन्डनमा’ का सहनिर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । चलचित्रको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ ।

शैलेन्द्र धोज कार्कीको छायांकन रहेको चलचित्रमा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको सङ्गीत रहेको छ ।

प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् । चलचित्र असोज ५ गतेबाट देशभरका सिनेमाघरमा आउँदैछ ।

यसमा तपाइको मत

अन्य समाचार