औसीको रात लिएर आए मोहन (भिडियोसहित)

काठमाडौं,
भाद्र ११ ।

गायक मोहन क्षीतिज औसीको रात लिएर आएका छन् । उनी नयाँ गीत ‘औसीको रात’को भिडियो लिएर स्रोता/दर्शकमाझ आएका हुन् ।

काठमाडौको गोकर्णलगायत अन्य विभिन्न स्थानमा छायाँकन गरिएको भिडियोमा यलेन मगर, जुना मगरलगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । भिडियोले माया प्रेमको थिम उठाएको छ ।

चन्द्रलाल तामाङको शब्द, मनोज चौलागाईको सङ्गीत रहेको गीतलाई बुढा सुब्बा डिजिटल प्रा.लि.को सार्वजनिक गरेको हो । भिडियोलाई सियोन श्रेष्ठले निर्देशन गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार