काठमाडौं,
भाद्र ९ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अध्यक्षमा राधेश्याम लेकाली निर्वाचित भएका छन् । अमेरिकी समय अनुसार शुक्रवार राती सार्वजनिक गरिएको मत परिणाम अनुसार राधेश्याम लेकाली अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
उनले ५७० मत उनका निकटतम प्रतिद्वन्द्वी साहित्यकार गोवर्द्धन पूजाले ३५९ मत ल्याएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को १३ औँ कार्यसमितिको बुधवार, बिहीबार र शुक्रवार गरी तीन दिन सम्म मतदान चलेको थियो ।

दुई बर्षे कार्यकालका लागि शुक्रवार सम्पन्न भएको निर्वाचनमा अमेरिका क्षेत्रको उपाध्यक्षमा शान्तिराम ढकाल, महासचिव पदमा गणेश घिमिरे अस्ट्रेलिया, सचिवमा लाल गोपाल सुवेदी अमेरिका, सदस्यहरूमा सानु घिमिरे अस्ट्रेलिया, लक्ष्मी राई बेलायत र अग्नि प्रसाद पराजुली भारी मतको अन्तरले निर्वाचित भएका छन् ।
यस अघि वरिष्ठ उपाध्यक्ष पदमा प्रकाश पौडेल ‘माइला’, उपाध्यक्षहरू भीमसेन सापकोटा, निशा अर्याल, सुनिल संगम र कोषाध्यक्ष पदमा विकास विष्ट निर्विरोध निर्वाचित भइसकेका छन् । राधेश्याम लेकाली यसअघि वरिष्ठ उपाध्यक्ष र नेपाल च्याप्टरका अध्यक्ष रहेका थिए ।
लेकालीको साहित्यक व्यक्तित्वलाई लिएर मिलाप मासिकले असार अङ्कको कभर स्टोरी बनाएको थियो । अनेसासको केन्द्रीय कार्यसमितिको अध्यक्षमा निर्वाचित हुनुभएकोमा मिलाप मासिकको राधेश्याम लेकालीलगायत सम्पूर्ण विजयीहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।






