रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं,
जेठ २५ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा आज (सोमबार) सर्वदलीय बैठक बस्दैछ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज (सोमबार) बिहान ९ बजे सर्वदलीय बैठक आह्वान गरिएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । बैठक सिंहदरबारस्थित संसद सचिवालयमा रहेको सार्वजनिक लेखा समितिको हलमा बस्नेछ ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी नेतृत्व (अध्यक्ष, सभापति) सहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो ।

यसअघि सभामुख डोलप्रसाद अर्यालले दलका प्रमुख सचेतक, सचेतक लगायतलाई फोन गरेर सहजीकरणका लागि आग्रह गर्नुभएको थियो । आजको बैठकमा सदनमा देखिएको गतिरोध लगायत अन्य राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार