काठमाडौं,
वैशाख २५ ।
डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस हुनुभएको छ । संवैधानिक परिषद्को बिहीवार बसेको बैठकले उहाँको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो ।
नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई छाडेर रोलक्रमको चौथो वरियतामा रहनुभएका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा उहाँ नेपालको ३३औँ प्रधानन्यायाधीश बन्नुहुने छ ।
वि.सं. २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएका शर्मा अनुमोदन भएमा पूर्ण ६ वर्षे कार्यकालका लागि प्रधानन्यायाधीश रहने बाटो खुल्ने छ ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाँललाई पछि पार्दै संवैधानिक परिषद्ले शर्मा प्रधानन्यायाधीशका लागि प्रस्ताव गरेको हो ।






