गीत एक, सङ्गीत अनेक रहेको ‘जुनी’ लिएर आए निरप्रसाद

काठमाडौं,
भाद्र ८ ।

आफ्नै शब्द र सङ्गीतमा जुनी एल्बम लिएर आएका छन् निरप्रसाद गुरुङ । एउटा फरक प्रयोग गरिएको भनिएको गीत एक, शब्द पनि एक, तर सङ्गीत अनेक रहेको गीतको एल्बम जुनी लिएर उनी स्रोता/दर्शकमाझ आएका हुन् ।

‘जुनी’मा चार वटा गीत समावेश रहेका छन् । यसको विशेषता चारवटै गीतको शब्द एउटै रहेको छ भने लय र ताल अलग अलग धारमा दर्शक/स्रोताले सुन्न पाउनु हुनेछ ।

गीत रचना गर्दा शब्दमा गीत, गजल, मुक्तकको स्वभावको साथमा धेरै भन्दा धेरै अनुप्रास देखा परेकोले यो प्रस्तुति गर्न आट आएको गुरुङ्ग बताउछन । यस एल्बम भित्र समावेश सबै गीतको भिडियो निर्माता पनि उनि नै रहेका छन् । ‘गीत एक, सङ्गीत अनेक’ रुपको यस प्रकारको गीत नेपाली साङ्गीतिक इतिहासमा मात्र सिमित न रहेर यो विश्वकै इतिहासमा पनि पहिलो रेकर्ड रहने सम्भावना रहेको गुरुङको भनाई छ।

एल्बममा रहेको ‘यो जुनीमा बाँचुन्जेलसम्म, तिम्रै मायाको हात चाहिन्छ…’मा प्रमोद खरेलको स्वर रहेको छ भने सङ्गीत संयोजन बीबी अनुरागीले गरेका छन् । गीतको भिडियोमा मोडेलमा सनम कठायतलाई अन्जु चौलागाईले साथ दिएका छन् ।
भिडियोको छायांकन उत्सव दहाल, सम्पादन निशान घिमिरेको छ भने यस भिडियोको निर्देशन प्रकाश धिताल गरेका छन् ।

https://www.youtube.com/watch?v=k3s7xZjbYV8&feature=share

यसमा तपाइको मत

अन्य समाचार