काठमाडौं,
श्रावण ३१ ।
श्रीजना श्रेष्ठले मिसेस नेपाल आईडल २०१८को उपाधि चुमेकी छन् । उनले तस्रो संस्करणको मिसेस नेपाल आईडलको उपाधि सहित मस्ट ईन्टलिजिन्ट र मस्ट पपुलरको अवार्ड चुमेकी हुन् ।
बिगत तीन बर्ष देखी बिबाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन र गराउनबाट डराईरहेका महिलाहरु तथा अबसरबाट बन्चित महिलाहरुको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको मञ्चमा प्रतिस्पर्धा गराउने र समग्र व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको पहिलो रनरअप सिम्रन वाईबा घोसित भईन, उनले उपाधि सहित बेस्ट ट्यालेन्टको उपाधि पनि हात पारिन । त्यस्तै दोस्रो रनरअप गंगा पौडेल घोसित भईन, उनले उपाधि सहित मस्ट कन्फिडेन्सको उपाधि पनि हात पारिन ।
बिगत ६ बर्ष देखी सौन्दर्य एवम् नाटकको आयोजना गर्दै आएको सस्था अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगिताका अन्य बिभिन्न विधाका सबटाईटलहरुमा मस्ट स्मार्ट कृष्ण कुमारी श्रेष्ठ, बेस्ट पर्सानालिटी सिमा थापा खड्का, मस्ट एट्रक्टिभ रजनी गुरुङ, बेस्ट स्माईल रमा रश्मी, बेस्ट स्किन मधु सुनार, मस्ट एक्टिभ सुशिला गुरुङ, बेस्ट हेयर इन्दिरा श्रेष्ठ, मस्ट चार्मिङ सुशिला तमाङ, बेस्ट फोटोजेनिक सुजता श्रेष्ठ, बेस्ट ड्रेस इन्दिरा श्रेष्ठ र मिसेस पब्लिक चईस सिमा थापा खड्काले प्राप्त गरे ।
प्रतियोगीलाई कोरियोग्राफर हिमानी सुब्बाले एक महिना लामो प्रशिक्षण दिएकी थिईन । प्रतियोगिताका निर्णायकका लागि गायक एवम् र्यापर निर्णय एन.एस.के, मिस नेपाल २००५ सुगारिका केसी, मिसेस मंगोल बिजेता धनमाया मगर थिए । कार्यक्रमक प्रमुख निर्णायकमा गायक, सङ्गीतकार एवम् साहित्यकार बुलु मुकारुङ रहेका थिए ।






