काठमाडौं,
श्रावण २८ ।
चलचित्र जय शम्भु टिम यतिबेला प्रचार प्रसार सकाएर राजधानी फर्किएका छन् । चलचित्र युनिटले पोखरा, बुटवल र चितवनमा गई त्यहाँका दर्जन भन्दा बढी होटल तथा लन्जहरुमा चलचित्रको बारेमा जानकारी गराउँनुका साथै पत्रकार भेटघाट गरी चलचित्रको वारेमा थप जानकारी गराई काठमाडौं फर्किएका हुन् ।
एक्शन लभस्टोरी भनिएको चलचित्रका वारेमा जानकारी गराउन कलाकारहरु प्रशान्त ताम्राकार, अनुप विक्रम शाही, वर्षा शिवाकोटीलगायत मोफसलमा गएका थिए । रिलिज मिती नजिकिँदै गर्दा चलचित्र युनिटले प्रचार प्रसारलाई तीव्र पारेका हुन् ।
चलचित्र भाद्र १ बाट प्रर्दशनमा आउँदै छ । दिनेश शाही प्रस्तुतकर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन् । यस्तै सह निर्माताहरु कुशल शर्मा र शिक्षा काफ्ले हुन् ।
रुपेश तामाङले निर्देशन गरेको चलचित्रमा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको सङ्गीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । चलचित्रमा प्रशान्त, अनुप र बर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु रानालगायतकोे मूख्य भुमिका रहेको छ ।






