काठमाडौं,
श्रावण २७ ।
नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको अनस्क्रिन रोमान्स रहेको गीत ‘मैच्याङ’ को भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा मुरारी गुरागाईं र अञ्जु पन्तको स्वर, दीपक भट्टराईको सङ्गीत र होम न्यौपानेको शब्द छ । गीतमा गोपाल रसाइलीको एरेञ्ज र प्रकाश केसीको मिक्स/मास्टरिङ छ । डान्सिङ नम्बरको गीतमा आयुष्मान र प्रियंकाको जोडीले दिल खोलेर नाँचेका छन् ।
निकेश खड्काको निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईको छायांकन, विकास धमलाको सम्पादन छ ।






