काठमाडौं,
श्रावण २६ ।
भीमफेदी गाइज र जुना सुन्दासको प्रस्तुति रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ‘चुन सुपारी’ बोलको डान्सिङ नम्बरको उक्त गीतलाई शुक्रबार सार्वजनिक गरिएको हो ।
गायिका पारु ढकाल र मनिस रेशको स्वर रहेको गीतमा दिनेश सुबेदिको शब्द, पुरुषोत्तम न्यौपानेको सङ्गीत रहेको छ । निर्मल लामाको निर्देशन रहेको उक्त गीतमा ज्ञानेन्द्र शर्माको छायांकन र पवन सुस्लिङको सम्पान रहेको छ ।
गीतको भिडियोमा भीमफेदी गाइजको डान्स निकैनै राम्रो देखिएको छ ।






