इटहरी,
श्रावण २३ ।
चलचित्र ‘ब्ल्याक’ आउदो भाद्र १ गते बाट देशभर रिलिज हुने तयारी भएसँगै प्रचारप्रसारलार्इ तिब्रता दिदै कलाकार तथा चलचित्र निर्मातालगायत चलचित्र ‘ब्ल्याक’ टिम देशव्यापी प्रचारप्रसारमा लागि परिरहेको छ ।
प्रदर्शन मिति नजिकिएसँगै चलचित्र ‘ब्ल्याक’ टिमले पूर्वको सुन्दर सहर इटहरीमा पत्रकार सम्मेलन गरेको छ । चलचित्रका मुख्य कलाकारद्वय नायक आकाश श्रेष्ठका साथै नायिका आचल शर्मासँगै चलचित्रकी निर्माता आस्मा पाण्डे र निर्देशक प्रदिप श्रेष्ठको पनि उपस्थिति थियो ।
पत्रकार सम्मेलनमा चलचित्रकी मुख्य नायिका आचल शर्माले चलचित्रको कथाबस्तु लाइ प्रस्ट्याउदै भनिन ‘अध्यारोलाई कसरी उज्यालोतर्फ लैजाने भन्ने कुरालाई चलचित्रमा समाबेश गरिएको छ’ ।
चलचित्रको बारेमा जानकारी दिदै निर्देशक प्रदीप श्रेष्ठले भने ‘शुद्ध प्रेम कथामा आधारित रहेर निर्माण गरिएको भएपनि सन्देशमूलक चलचित्र रहेको साथै जन्म, मृत्यु र रङ्गसँग सम्बन्धित कुराहरुलाई प्राथमिकतामा राखी इन्टरटेनमेन्टलाई पनि समेटेर चलचित्र निर्माण गरिएको छ ।’
आश्मा पाण्डेको निर्माण रहेको चलचित्र लाई काठमाडौँ, मुस्ताङ, स्याङ्जा, सिन्धुलीगढी, रारालगायतका ठाउँहरुमा ७२ दिन लगाएर सुटिङ गरिएको थियो ।






