काठमाडौं,
श्रावण २३ ।
गायिका इन्दिरा रजक र अनिता कुवरको स्वरमा रहेको तीज गीत ‘दिदी बहिनी’ सार्वजनिक भएको छ । बावुल गिरीको शब्द र सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
बिक्रम चौहानको निर्देशन र मिलन मगरको सम्पादनमा तयार भएको भिडियोमा सुस्मिता ढकाल र अनिता केसीलाई फिचरिङ गरिएको छ ।
गीतको भिडियोमा दिदी बहिनी माईतिमा गएर दर खाने अनि पुराना साथीसङ्गी अनि बाबा आमासँग नाच्ने रमाउने भाव प्रष्टाउन खोजएकोछ ।
‘बिझाउदो रैछ आखैमा पनि…’ बोलको चर्चित गीत बाट एकाएक चर्चामा आएकी इन्दिराको यो तीजको चौथो गीत हो ।






