चलचित्र मेरी मामुको ‘आफ्नो मामुसँग थाइल्याण्ड टुर जाऔँ’ प्रतियोगिता

काठमाडौं,
श्रावण १५ ।

भदौ १५ देखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘मेरी मामु’ले ‘आफ्नो मामुसँग थाइल्याण्ड टुर जाऔँ’ प्रतियोगिता ल्याएको छ । आसुसेन फिल्मसले आफनो चौँथो चलचित्र ‘मेरी मामु’ले ‘आफ्नो मामुसँग थाइल्याण्ड टुर जाऔँ’ शिर्षकमा एउटा प्रतियोगिता अगाडि सारेको हो ।

चलचित्र ‘मेरी मामु’ निर्माण कम्पनीका अनुसार, प्रतियोगितामा भाग लिनका लागि तोकिएको फर्म्याटमा आफ्नो आमाको बारेमा लेख्नुपर्नेछ ।

निर्माता सन्तोष सेनका अनुसार सो फर्ममा प्रतियोगीहरुले आफ्नो आमाको बारेमा मनछुने बाक्यांश लेख्नु पर्ने छ । सहभागीहरुले फर्ममा उल्लेख गरे अनुसार आ–आफ्नो जानकारी सहित २५० शब्दमा नबढाई बाक्यांश लेखेर स्कुलमा राखिएको सङ्कलन बक्स अथवा सिधै आसुसेन फिल्मसलाई पठाउनुपर्नेछ ।

प्रतियोगितामा सहभागी मध्येबाट उत्कृृृष्ट ५ जनाको नाम चलचित्रका मुख्य कलाकार आयुब सेनले मिडियो, ‘मेरी मामु’ र आशुसेन फिल्मसको फेसबुक पेजबाट घोषणा गर्नेछन् । प्रतियोगितामा कक्षा १ देखि १० कक्षासम्मका विधार्थीहरुले मात्र सहभागी हुन पाउनेछन् ।

बाल मनोविज्ञानमा आधारित चलचित्र ‘मेरी मामु’ले आमा र छोराबीचको दुरी र सामिप्यताको गहिराई बोल्छ । काठमाडौंदेखि देवघाटसम्मको टुरमा आमा छोराको सामिप्य र उत्तरचढावलाई यस चलचित्रमा प्रस्तुत गरिएको छ ।
यम थापा निर्देशित यो चलचित्रमा ६ वर्षे आयुबसँगै कुसुम गुरुङ, शारुक ताम्राकार, अश्लेषा ठकुरीलगायतका कलाकाहरुको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार