ऋतु फेरिँदै जान्छ’ माथि विमर्श

काठमाडौं,
श्रावण १४ ।

कथा कृति ‘ऋतु फेरिँदै जान्छ’ माथि विमर्श भएको छ । राजधानीमा प्रगतिशील लेखक संघ, केन्द्रीय समितिको आयोजनमा कथाकार इन्द्रकुुमार श्रेष्ठ सरितको कथा कृति ‘ऋतु फेरिँदै जान्छ’ माथि विमर्श भएको हो ।

संघका अध्यक्ष मातृका पोखरेलको अध्यक्षता, महासचिव आरएम डंगोलको सञ्चालनमा सम्पन्न भएको सो कार्यक्रममा कोषाध्यक्ष कृष्णहरि भट्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा समालोचक प्रा.डा. गोपिन्द्र पौडेलले इन्द्रकुमारका कथा सङ्क्रमणकालीन नेपाली समाजको जीवन्त इतिहास भएको विचार व्यक्त गरे । सङ्ग्रहमा सङ्ग्रहित २५ थान कथाहरुमाथी विहङ्गम समालोचकीय मन्तब्य राख्दै कथाकार सरितको यो सङ्ग्रहले दश बर्षे शशस्त्र सङ्घर्ष र १९ दिने जनआन्दोलनको मर्म र भावनालाई टपक्क टिपेर पाठकहरु समक्ष प्रस्तुत गरेको कुरा बताए । मन्तव्यको क्रममा उनले अबको चालिस पचास बर्षपछी उनको यस कृतिमा तत्कालीन समाजले नेपाली समाजको एउटा इतिहास आख्यान मार्फत खोज्ने भन्दै प्रगतिवादी कथाका दृष्टिले सरितका कथाहरु अब्बल रहेको उनले दावी गरे ।

अर्का समालोचक प्रगतिशील लेखक संघका उपाध्यक्ष डा. पुष्करराज भट्टले श्रेष्ठका कथामा साठीको दशक यताको नेपालको राजनीतिक सामाजिक घटना परिघटनाको साङ्गोपाङ्गो चित्र खिचिएको विचार राखे ।

कथाकार इन्द्रकुमार श्रेष्ठ सरितले आफ्नो मन्तव्यको क्रममा नेपाली साहित्यमा आफूले महाकाव्य र खण्डकाव्य बाहेक अन्य सबै विधाहरुमा लेखिसकेका कुरा बताए । मन्तव्यको क्रममा सरितले साहित्यको थुप्रै विधामा कलम चलाए तापनि आफू किन आख्यानमा पनि विशेषतः कथा लेखन तर्फ नै आकृष्ट भए भन्ने कुरामाथि प्रष्ट पारेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार