काठमाडौं,
श्रावण ११ ।
शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि सिनेमाघरमा तीन चलचित्र आएका छन् । आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् – चीँ मुसी चीँ, रोमियो एन्ड मुना र सुकुल गुन्डा ।
सस्पेन्स लभस्टोरी चीँ मुसी चीँलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् भने प्रेमकथानक रोमियो एन्ड मुना नरेशकुमार केसीले निर्देशन गरेका हुन् । त्यसैगरी, एक्सन लभस्टोरी सुकुल गुन्डा मधुसूदन भट्टराई निर्देशित चलचित्र हो ।
चीँ मुसी चीँमा सुशान्त कार्की, सुनील क्षेत्री, अलिशा शर्मा, कमली वाइवालगायत कलाकारले अभिनय गरेका छन् । चलचित्रमा समावेश शीर्ष गीत अहिले चर्चामा छ ।
त्यसैगरी, रोमियो एन्ड मुनामा भने विनय श्रेष्ठ, सृष्टि श्रेष्ठ, सुरक्षा पन्त, प्रज्वल सुजल गिरी, सुष्मा कार्कीलगायतले अभिनय गरेका छन् ।
प्रसन्न गोपालीको प्रस्तुति रहेको चलचित्रमा एनिमेडेट राक्षस पनि समावेश गरिएको छ । सुकुल गुन्डामा भने जीवन लुइँटेल, खुश्वु खड्का र विकास चापागार्इं मुख्य भूमिकामा छन् ।






