काठमाडौं,
श्रावण ९ ।
चलचित्र ‘रेनी’को फष्टलुक पोष्टर सार्वजनिक भएको छ । भदौ ८ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘रेनी’को फष्टलुक पोष्टर सार्वजनिक गरिएको हो ।
त्रिकोणात्मक प्रेमकथानक चलचित्र ‘रेनी’लाई बिमला मल्ल र संजिव मल्लले निर्माण गरेका हुन् । चलचित्रमा सरोज खनाल, सुरवीर पण्डित (दारी बा), दीपक ढकाल, गिरिश रिजाल (समीप) का साथमा नवनायिका सनम मल्ल प्रमुख भूमिकामा छन् । गिरिश रिजाल (समीप) को निर्देशनमा बनेको चलचित्रको स्क्रिप्ट नवनायिका सनमले लेखेकी हुन् ।
काठमाडौं उपत्यका तथा कुलेखानीलगायतका स्थानमा छायाँकन गरिएको चलचित्र एक्शन, लभ, कमेडीका साथै सामाजीक सन्देशमूलक भएको निर्मात्री बिमला बताउँछिन् ।
जयराम थापाको छायाँकन रहेको यो चलचित्रका गीतमा बिनोद खुम्बु र पुस्कर सुनुवारको सङ्गीत छ भने गीत सनम मल्ल र गुरु भुटियाले लेखेका छन् । राजु किराँतको द्वन्द्व र अनिश लामाको कोरियोग्राफी रहेको चलचित्र ‘रेनी’लाई गोबिन्द शाहीले बितरण गर्दैछन् ।






