यस्तो आयो ‘नाई नभन्नु ल ५’को शिर्ष गीत

काठमाडौं,
श्रावण ८ ।

आगामी भाद्र ८ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘नाई नभन्नु ल ५’को शिर्ष गीत सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमको आयोजना गरि चलचित्रको शिर्ष गीत सार्वजनिक गरिएको हो ।

मेलिना राइको स्वर, दिनेश थपलियाको शब्द, बसन्त सापकोटाको सङ्गीत रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका स्वस्तिमा खड्का र नवनायक अभिषेक नेपाललाई फिचरिङ गरिएको छ ।

विकासराज आचार्यले निर्देशन गरेको यो चलचित्रमा दीलिप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मी, सेड्रिना शर्माको मुख्य भूमिका छ । सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यले यो चलचित्रको कथा लेखेका हुन् । चलचित्र भदौ ८ गतेबाट रिलिज हुँदैछ ।

यसमा तपाइको मत

अन्य समाचार