मिस टीन प्लस टु का प्रतियोगिले देखाए प्रतिभा

काठमाडौं,
श्रावण ६ ।

स्टार वन इन्टरटेनमेन्ट प्रा.लि.ले प्लस टुमा अध्ययनरत किशोरीहरुबीच राजधानीमा आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिता मिस टीन प्लस टुअन्र्तगतका प्रतियोगिले आफूमा भएको प्रतिभा देखाएका छन् ।

आगामी साउन १२ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने चौथो संस्करणको प्रतियोगिताका अन्तिम प्रतिस्पर्धीबीच ट्यालेण्ट शो गरिएको स्टार वनकी पेजेन्ट निर्देशक पुजा निरौलाले बताइन् । ट्यालेण्ट शोबाट एकजना मिस ट्यालेन्ट चयन हुने र सोको घोषणा अन्तिम स्पर्धाका दिन हुने उनले जानकारी उनले गराईन् ।

ट्यालेण्ट शोअन्र्तगत प्रतियोगिहरुले नृत्य, अभिनय, वक्तृत्वकला, चित्रकलालगायतका आपुूmमा अन्र्तनिहीत विशेष प्रतिभा प्रदर्शन गरेर निर्णायक तथा अभिभावकको मन जित्ने प्रयास गरेका थिए । ट्यालेण्ट शोमा रङ्गकर्मी विरेन्द्र हमाल, सञ्चारकर्मी शारदा अर्याल, मिसेस नेपाल आईकन शान्ता लामा, अध्यापक तथा सङ्गीतकर्मी सरोज प्याकुरेल र मोडल राज लुईंटेल निर्णायक रहेका थिए ।

बालकृष्ण पोखरेलको संयोजन तथा अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालन हुने प्रतियोगितामा कमला तामाङ, सभ्यता भण्डारी, इसु लामा, रोजिना गमाल, सारिका भौकाजी, मेरिना सुवेदी, अन्विसा रावल, लक्ष्मि सेवा, एश्वर्य थापा, शिक्षा आचार्य, करिश्मा गुरुङ, रोशनी श्रेष्ठ, दिपिका अधिकारी, चन्द्रीका रावल, स्मृति पराजुली, कुसुम क्षेत्री, निरु कुचिकार, सदिक्षा सिंह, निमी शाक्य, सुनिता शाही र अर्चना पाठकले अन्तिम प्रतिस्पर्धा गर्दैछन् ।

यसमा तपाइको मत

अन्य समाचार