नाइँ मलाई थाहा छैनलाई दर्शकको साथ (भिडियोसहित)

काठमाडौं,
श्रावण ६ ।

गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंले गाएको गीत ‘नाइँ मलाई थाहा छैन…’ ले युट्युबमा दुइ करोड पचास लाख बढी दर्शक पाएको छ । गीत गत वर्ष फेब्रुअरी २४ मा गायक पराजुलीको आफ्नै च्यानलबाट सार्वजनिक भएको थियो । गायकद्वयको संयुक्त गीतिसङ्ग्रह ‘सँग सँगै…’ मा समावेश यो गीत दर्शक/स्रोताको साथ पाउन सफल भएको हो ।

गीतको लोकप्रियताको खुशी काठमाडौंको रागा रेकर्ड्समा एक कार्यक्रमको आयोजना गरि केक काटेर मनाइयो । कार्यक्रममा गीतका गीतकार एकनारायण भण्डारी, सङ्गीतकार आशिष अविरल, गायिका टीका प्रसाईं, कार्टून क्रिउका सरोज अधिकारी, आश्मा बिस्वकर्मा र सदस्यहरु लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

गायक सन्जिब पराजुली हाल अस्ट्रेलिया हुनु भएकोले अनलाइन भिडियो च्याटबाट कार्यक्रममा उपस्थिति जनाएका थिए । कार्यक्रममा यस गीतको बिबिध पक्ष्यको बारेमा चर्चा गरियो ।

‘नाइँ मलाई थाहा छैन’ गीतमा कार्टुन क्रिउ र नायिका अलिशा राईको संयुक्त नृत्य हेर्न सकिन्छ । गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंको ‘नाइँ मलाई थाहा छैन’ बाहेक अन्य गीतहरु ‘तिमी मलाई मन पर्छ’, ‘पहिलो भेटैमा’, ‘अलि अलि गर्दै’, ‘माया लुकी लुकीु’,जस्ता अन्य दर्जनौ गीतहरुले स्रोता दर्शकहरुको मन जित्न सफल भईसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार