झिम झिम गर्ने परेली सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
श्रावण ५ ।

सागर राजको शब्द, स्वर, सङगीत र निर्देशनमा तयार भएको ‘झिम झिम गर्ने परेली’ गीत सार्वजनिक भएको छ । रेश्मा घिमिरे र सागरलाई फिचरिङ गरिएको गीतको भिडियो सार्वजनिक भएको हो ।

लामो समयदेखि सङ्गीत क्षेत्रमा विभिन्न विधाबाट आफ्नो क्षमता देखाउँदै आएका सागर राजको ‘झिम झिम गर्ने परेली’ बोलको गीत पछिल्लो पटक बजारमा आएको हो । यो गीतमा अहिलेसम्म बजारमा आएका गीत, सङ्गीत र भिडियोभन्दा विल्कुलै फरक प्रस्तुति रहेको छ ।

यसअघि उनले निर्देशन गरेको म्युजिक भिडियो ‘पानी पर्यो असिना झर्यो, तिते करेली, चुम्बक, तिरिकिटिताका, जस्ता दर्शक स्रोताले निक्कै रुचाएका चर्चित गीतहरुको म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

सागर राज म्युजिक भिडियो निर्देशक मात्रै नभएर गीतकार, सङ्गीतकार र गायक पनि हुन् । उनले लेखेका थुप्रै गीतहरु ‘कठै बरा’, ‘झालेमाले भाई’, ‘सोँचिरहेछु’ जस्ता थुप्रै गीतहरु निक्कै चर्चित छन् ।

यसमा तपाइको मत

अन्य समाचार