काठमाडौं,
श्रावण ३ ।
आगामी भाद्र १ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘जय शम्भु’को तिम्रै भर गीत सार्वजनिक गरिएको छ । विहिबार राजधानीमा एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरिएको हो । अनुप विक्रम शाही र बर्षा सिवाकोटीलाई फिचरिङ गरिएको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।
रुपेश तामाङले निर्देशन गरेको चलचित्रमा त्रिकोणात्मक प्रेमकथामा रहेको बताइएको छ । कार्यक्रममा नायिका सिवाकोटीले यो चलचित्र मनोरञ्जनात्मक बनेको बताइन् ।

गीतमा चलचित्रका मुख्य कलाकार वर्षा र अनुप नै देखिएका छन् । टंक बुढाथोकीको सङ्गीत, अमृता नेपालको शब्द, रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा अन्जु पन्त र टंक बुढाथोकीले स्वर दिएका छन् ।
एक्सन लभस्टोरी जनरामा निर्माण भएको चलचित्रमा अनुप र वर्षाको अलवा प्रशान्त ताम्राकार, रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना लगायतको अभिनय देख्न सकिनेछ ।
चलचित्रलाई उपत्यकामा विके फिल्मस् र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ । जयन श्रेष्ठ, दिनेश शाही, चक्र पाख्रिन निर्माता रहेको चलचित्रको सह निर्माताहरु कुशल शर्मा र शिक्षा काफ्ले हुन् । चलचित्रमा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्शन, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।






