रमिला र खुमनको ‘भुरुरु उडेको पुतली’ (भिडियोसहित)

काठमाडौं,
आषाढ ३२ ।

तीजलाई लक्षित गरी यतिवेला तीज सम्बन्धी गीतहरु सार्वजनिक हुने क्रममा छन् । यसैमेसोमा गायिका रमिला न्यौपानेले ‘भुरुरु उडेको पुतली…’ को भिडियो सार्वजनिक गरेकी छिन् ।

गायक खुमन अधिकारीले यस गीतमा न्यौपानेलाई साथ दिएका छन् । अधिकारीको लयशब्दमा गीत तयार भएको हो । बाबुराम भट्टराई र रमिला न्यौपानेको संयुक्त रुपमा यो गीत बजारमा आएको हो । मायालु इन्टरनेटमेन्टले गीतको बजार व्यवस्थापन गरेको हो ।

प्रकाश भट्टको निर्देशन रहेको म्युजिक भिडियोमा करिष्मा ढकाल, आरुषी मगर, दुर्गेश थापा र प्रकाश सपुतको अभिनय रहेको छ । राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार