रविन्द्र आशिषको ‘शैली’ विमोचन

काठमाडौं,
आषाढ ३० ।

गीतकार रविन्द्र आशिष शैलीको तेस्रो आधुनिक गीतिसङ्ग्रह ‘शैली’ विमोचन गरिएको छ । राजधानीमा एक कार्यक्रमकाबीच पुर्व अर्थमन्त्री तथा गीतकार शंकरप्रसाद कोइराला, बरिष्ठ गीतकार रत्न शमशेर, गीतकार सङ्घका अध्यक्ष चुुणामणी देवकोटा, गीतकार किरण खरेल, गजलकार तथा मुक्तककार ज्ञानुवाकर पौडेललगायत थुप्रै कवि तथा गीतकारहरुको उपस्थितिमा आशिषको शैली विमोचन गरिएको हो ।

नवनारी मिडियाको प्रस्तुति रहेको ‘शैली’मा ६ वटा गीत समावेश गरिएको छ । विमोचन कार्यक्रममा एउटा गीतको म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो ।

एल्बममा गायीका संजीवनी, गायक राज सिग्देल, थुतेन भुटिया, सहिमा श्रेष्ठ, सङगीतकार तथा सञ्चारकर्मी विनोद पछाई, सन्तोष श्रोष्ठ, नरहरी प्रेमी तथा नरेन्द्र प्यासीको छुट्टा छुट्टै सङ्गीत तथा स्वर रहेको छ ।

कार्यक्रमका अतिथिहरुलेशैलीको तेस्रो आधुनिक गीतिसङ्ग्रह ‘शैली’का लागि गीतकार रविन्द्रलाई बधाई तथा शुभकामना दिएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार