सन युनाइटस् फेसन शोको सेकेन्ड एडिसन

काठमाडौं,
आषाढ ३० ।

नेपालका इन्टरनेशनल कोरियोग्राफर राज फैजुको रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी कम्पनीको आयोजनामा फेसन युनाइटस् फेसन-शोको सेकेण्ड एडिसन भएको छ। असार २९ गते शुक्रबार काठमाडौको त्रिपुरेश्वर स्थित ब्लु–स्टार होटलमा फेसन युनाइटस् फेसन–शोको सेकेण्ड एडिसन यंपु फेसन डिजाइनिङ इन्ष्टिच्यूटकी सानु बज्राचार्यको फेसन डिजाइन संयोजनमा भएको हो ।

फेसन युनाइटस् २ मा रिता लिम्बु, निर्मला केसी, सुजिना तण्डुकार, पृथा मुलेपति घिमिरे, रोजी बज्राचार्य, आशिका श्रेष्ठ प्रजापति र यंपु फेसन डिजाइनिङ इन्ष्टिच्यूटकी फाउण्डर डिजाइनर सानु बज्राचार्यले तयार पारेका ढाका कपडाका फेसनेबल पहिरनको अलावा सिल्क, पार्टीवेयर, क्याजुयल, समरलगायतका मोहक विभिन्न डिजाइनका पहिरनमा २० मोडलहरुले व्यावसायिक मनमोहक क्याटवाकका साथमा फेशन-शो गरेका थिए ।

सँगै नेपाली चलचित्रकी चर्चित अभिनेत्री शुभेच्छा थापाले शोज-टपरको रुपमा बेग्लै पहिरनमा बेजोड फेसन–शो गरेकी थिइन । कार्यक्रमको संयोजन श्रीषा बैदार फैंजुले गरेकी हुन् । कोरियोग्राफी आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी कम्पनीका फाउन्डर तथा इन्टरनेशनल कोरियोग्राफर राज फैंजुवाट भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार