धु्रव विश्वको र मिना थापाको स्वरमा डिट पडिजाउ भेट नहईजाउ (भिडियोसहित)

काठमाडौं,
आषाढ ३० ।

गायक धु्रव विश्वको र मिना थापाको स्वरमा नयाँ गीत ‘डिट पडिजाउ भेट नहईजाउ…’ सार्वजनिक भएको छ । पुष्प खड्का र सुक्मित घिसिङको अनस्क्रिन रोमान्स रहेको पश्चिमेली देउडा गीत ‘डिट पडिजाउ भेट नहईजाउ भन्नि छिन्न मान्या….’को भिडियो सार्बजनिक भएको हो ।

शिब बिकले निर्देशन गरेको यो गीतको भिडियोमा पुष्प खड्का र सुक्मित घिसिङको जोडी उत्कृष्ट देखिएको छ ।  ज्ञानेन्द्र शर्माको छायांकन तथा निशान घिमिरेको सम्पादन रहेको भिडियो राम्रो बनेकोक छ । गीतलाई संजय विश्कोले लेखेका हुन भने सङ्गीत ध्रुवकै रहेको छ ।

पछिल्लो समय एक पछि अर्का स्रोता/दर्शकको मन जित्ने गीत लिएर आएका धुव्र यो गीतले पनि स्रोता/दर्शकको मन जित्नेमा आफू आशावादी रहेको बताए । ‘फरक शैलीको पश्चिमेली देउडा गीत स्रोता/दर्शकमाझ लिएर आएको छु, मेरा अन्य गीतले जस्तै यसले पनि स्रोता/दर्शकको माया पाउनेमा आशावादी छु’, ध्रुवले भने ।

https://www.youtube.com/watch?v=PfW16p9XQ_U

यसमा तपाइको मत

अन्य समाचार