काठमाडौं,
आषाढ २८ ।
क्लब डेजाबुमा आउँदै छिन् बलिउड मोडल तथा अभिनेतृ पुनम पाण्डे । उनी वल्र्डकप फुटबलको फाइनल खेल नेपाली फ्यानसँग बसेर हेर्ने आउने भएकी हुन् ।
पुनमले दरबारमार्गस्थित क्लब डेजाबुमा जम्मा भएका नेपाली फुटबलप्रेमीका साथ विश्वकप फुटबलको फाइनल खेल हेर्ने भएकी हुन् । फुटबलको फाइनल खेल हेर्न आफू नेपाल आउन लागेको र नेपालीलाई त्यहीं भेट्ने एक भिडियो सन्देशमा उनले उल्लेख गरेकी छिन् ।
नेपाल र नेपालीलाई माया गर्ने उल्लेख गर्दै आफूले सपोर्ट गरेको टिमले विश्वकप जिते नेपाली दर्शकका लागि सप्राइज दिनेसमेत पुनमले भिडियोमा बताएकी छिन् ।
हट मोडलका रूपमा भारतलगायतका देशमा परिचित पाण्डे बेला–बेलामा नग्नता प्रदर्शन गर्दै विवादमा समेत आउने गरेकी छिन् ।






