काठमाडौं,
आषाढ २६ ।
खानीबीद अरुणकुमार सुबेदीद्वारा लिखित जीवन यात्रा लोकार्पण भएको छ । राजधानीमा भएको एक कार्यक्रममा बरिष्ठ पत्रकार एवम् घोष्टराइटिङका सम्पादक टंक पन्त, बरिष्ठ पत्रकार एवम् थाहा खबर डटकमका प्रधानसम्पादक तीर्थ कोइराला, नागरिक दैनिकका सम्पादक गुणराज लुइटेल एवम् लेखक अरुणकुमार सुबेदीले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।
जीवन यात्रामा राजनीतिक, सामाजिक, धार्मिक सास्कृतिक, आर्थक बिकास, ऐतिहासिक जस्ता बिषयलाई समेटिएको छ ।
खानीसम्बन्धी बिषयलाई अनुसन्धानात्मक रुपमा समेटिएको पुस्तक जीवन यात्रा युवा बिद्यार्थीका लागि मात्र होइन हरेक क्षेत्रका लागि रोचक, पढनीय एवम् सन्दर्भ सामग्रीका रुपमा रहेको छ ।
घोष्टराइटिङद्वारा प्रकाशित जीवन यात्राको समीक्षा गर्दे सम्पादकहरु टंक पन्त, तीर्थ कोइराला, गुणराज लुइटेल, भुगर्भविद तारानिधि भट्टराइले नेपाली समाजमा रहेका बिकृतिलाई औल्याउदै नेपालको आगामी बाटोकोबारेमा उल्लेख गरेका थिए ।
लेखक सुबेदीले आफुले देशका लागि पुस्तक प्रकाशन गरेको जानकारी गराए । कार्यक्रममा पूर्बाञ्चल बिश्वबिधालयका पूर्ब उपकुलपति जगतबहादुर केसी, घोष्टराइटिङका सयोजक राजाराम गौतम, रेनुका खरेल, प्रकाशप्रसाद उपाध्याया लगायतले आ–आफ्ना भनाई राखेका थिए ।






