काठमाडौं,
आषाढ २४ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले १४ भदौ २०७४ यता गरेका राजनैतिक नियुक्ति खारेज गर्ने वर्तमान ओली सरकारले निर्णय गर्यो ।
सरकारले देउवा मन्त्रिपरिषदले गरेको निर्णयमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगबाट आचारसंहिता जारी भएपछि गरिएको भन्दै विभिन्न मन्त्रालय अन्तर्गतका प्राधिकरण, संस्थान, कम्पनी, वोर्ड, बैंक र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति खारेज भएको जनाएको थियो । सो निर्णयसँगै चलचित्र विकाश बोर्डकी अध्यक्ष निकिता पौडेल पदमुक्त हुने भएकी छन् ।
यसै विषयलाई लिएर बोर्ड अध्यक्ष निकिता पौडेले शनिबार राती प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेख्दै त्यो पत्र सार्वजनिक गरेकी छिन् । अब आफ्नो पदको लागि अदालतमा जाने मुड नभएको बताउने निकिताले प्रधानमन्त्रीलाई लेखेको पत्रमा यस्तो उल्लेख गरिएको छ :-
सम्माननीय प्रधानमन्त्री ज्यु,
राजनीति नै गरेर मात्र ठुला पद प्राप्त हुने हो भने विदेशमा गएर पढेर म जस्ता व्यक्तिहरु किन स्वदेश फर्कीनु रु अध्ययन र कार्यक्षमता को मुल्याङकन नहुने र ठुला नियुक्ती जति राजनीतिक दलका मानिसहरुले मात्र पाउने हो भने पढेर सिकेर जानेर वा कमाएर स्वदेश किन फर्कीनु रु चलचित्र विकास र्वोडको अध्यक्षको रुपमा मैले झण्डै ७ महिना काम गर्ने अवसर पाए । मेरो नियुक्तीलाई राननीतिक भनिएपनि यसमा मेरो असहमती छ । म कहिलै पनि कुनै पनि राजनीतिक दलको समर्थक,विरोधी,नजिक,टाढा भइन । यो मैले कहिलै पनि नजानेको बिषय हो । हिजो म अध्यक्ष नियुतm हुँदा तत्कालीन सत्तारुढ नेपाली कांग्रेसले पनि मेरो नियुक्तीको विरोध गरेको थियो, आज देउवा सरकारको नियुक्ती भनेर तपाइको सरकराले नियुक्ती वदर गर्यो ।
म जस्ता स्वतन्त्र व्यक्तिहरुले आफ्नो योग्यता र क्षमता देखाएर काम गर्नै नपाइने हो त रु देशको मात्रै झण्डा बोकेर नपुग्ने रु कुनै न कुनै राजनीतिक दलको झण्डा नबोकी नहुने हो रु म चलचित्र बुझ्दै,हेर्दै र सिक्दै हुर्कीएकी हु ।
इट,क्यामेरा,एक्सन मैले गर्भमानै सुनेका शब्दहरु हुन । यस अर्थमा चलचित्र क्षेत्र मेरो रगतमै बगेको छ । यसै क्षेत्रमा समर्पीत हुने उदेश्यले मैले अेमरीकि युनीभर्सीटी बाट यसै क्षेत्रको विषयमा स्नातकोत्तर गरे र मनभरी उमगं, जोश, जाँगर र सर्टिपिकेट बोकेर आफ्नै देशमा केही गर्छु भनी फर्कीए । १८ बर्षको इतिहास बोकेको चलचित्र विकास र्वोडका पुर्व अध्यक्ष ज्युहरुले गर्नुभएको कार्यको मुल्याङकन गर्ने हैशियत त मेरो छैन तर विगत ७ बर्ष देखी यो वा उ बहानामा अड्केको र एक पाइला पनि नसरेको बक्स अफिस प्रणालीलाई म र मेरो टिमले ७ महिनामा लागु हुन तयार पारेका छौँ । यसो भनेर मैले कसैको विरोध गरेकी होइन बरु आफ्नो टिमको अहोरात्र खटाइ र अथक मेहनतको दिल खोलेर प्रंशसा गरेकी हुँ । यतिखेर जब बक्स अफिस लागु हुन केही दिन मात्र बाँकी छ यस्तो अन्तीम समयमा गरिएको नियुक्ती बदरले हाम्रो ७ महिनाको मेहनत पानीमा जाने प्रवल सम्भावना छ । म पछि नियुतm हुने अध्यक्ष ज्यु को कार्य क्षमतामा प्रश्न गरेको होइन र यो क्षेत्रमा सबै भन्दा सक्षम नै मै हुँ भन्ने दावी पनि गरेकी छैन ।
तर केही महिना मैले काम गर्न पाएको भए म र मेरो टिमले सरकारलाई दिने उपलब्धीबाट साँच्चै नै तँपाइको सरकार र माननिय संचार तथा सुचना प्रविधि मन्त्री ज्युले गर्व गर्न पाउनु हुन्थ्यो । मेरो कार्यक्षमता र मैले सरकारलाई बुझाएको भावि योजनाको मुक्तकण्ठ तारीफ गर्नुहुने माननिय सुचना तथा संचार प्रविधि मन्त्री ज्यु, र आदरणीय सचिव ज्युका स्यावासीहरु अझै पनि मेरो मानसपटलमा ताजा छन् । तर त्यो स्वाबासी र यो निर्णयको बिच कुनै तारतम्मे नमिलेकोमा दुखी मात्र भएकी हुँ । मैले बकाइदा जाँच दिएर,अन्तरर्वाता दिएर, खुल्ला प्रतिस्पर्धामा आँफुलाई सबै प्रतिश्पर्धी भन्दा सक्षम देखाएर प्राप्त गरेको नियुक्ती हो । राष्ट्रिय पत्रिकामा छपाएर माग गरिएका आवेदकहरुबाट चुनिएको व्यक्तिको नियुक्ती कसरी राजनीतिक नियुक्ती भयो त्यो मैले बुझ्न सकेकी छैन । यो पत्र मार्फत मैले आफ्नो पुर्नवहालीको याचना गरेकी होइन । म २१ औ सताब्दीकी सक्षम महिला हुँ प्रधानमन्त्री ज्यु, यो देशको संविधानले दिएको हक अधिकार बुझेकी छु, कर्तव्य पालना गर्न जानेकी छु । जति समय मैले चलचित्र विकास र्वोडका लागि दिए त्यती सामय आफ्नो व्यवसायमा दिएको भए मेरा लागि त्यो निकै फाइदाजनक हुने थियो ।
चलचित्र विकास र्वोडको अध्यक्षका हैसियतले निर्णयहरु गर्दा मैले आफ्नो व्यवसाय र आफ्नै परिवारका सदस्यहरुको समेत विपक्षमा उभिनु परेको छ । बक्स अफिसको शुरुवात आफ्नै हलबाट गरेकी हुँ, आफ्नै भाइले निमार्ण गर्दै गरेको चलचित्र रोजीको को सुटिङ आँफै गएर रोकेकी छु र यस्ता अनगिन्ती दृश्टान्तहरु छन् जसलाई प्रस्तुत गरीरहँदा आफ्नो बखान गर्न खोजेकी अर्थ समेत लाग्न सक्छ । मलाइ सरकारी तलब,सुविधा,पद आदी कुनै कुराको पनि लोभ थिएन र छैन । खाली एउटा दुखेसो छ कि म मात्र होइन विभिन्न देशका डिग्री लिएका धेरै होनहार जोशीला युवाहरु यहाँ छन्, जो आफ्नो देशमा केही गर्नु पर्छ भनेर लागि परेका छन् । के तिनले पनि उच्च ओहदाको सरकारी जागिर खान कुनै न कुनै राजनीतिक दल वा नेताको घर दैलो धाउनै पर्छ रु चाकडी बजाउनै पर्छ रु यदि कुनै पनि राजनीतिक दलको आर्शिवाद विना स्वतन्त्र नागरीक बनेर यो देशको सेवा गर्न पाइन्न भने तपाइको समृद्ध नेपाल सुखी नेपाली को नारा समृद्ध नेता सुखी कार्यकता मात्र बन्न पुग्ने छ । यो मेरो व्याङग्य होइन चिन्ता हो । आफ्नो ज्ञान र क्षमता देखाउने अवसर फेरी पनि मिल्नेछ भन्ने कुरामा म आशावादी छु । र म चलचित्र विकास र्बोडमा भए पनि नभएपनि मेरो नाभीसँगै गासीएको चलचित्र क्षेत्रको उत्थान,प्रर्वधन का लागि मेरो पुरै जीवन समर्पीत छ ।
नेपाली चलचित्र क्षेत्रलाई अन्तराष्ट्रिय बजारमा लैजाने, नेपालको लोकेशनमा विश्वभरका सिनेमार्कीलाई सुटीङ गर्न आमन्त्रण गरी चलचित्र पर्यटनको विकास गर्ने,फिल्म सीटि निमार्ण गर्ने, पुराना चलचित्रलाई डिजीटाइज गरी भावी पस्ताका लागि संरक्षीत पार्ने, विशिष्ट योगदान दिएका पुराना चलचित्र साधकहरुलाई सम्मान गर्दै नयाँ जेनेरेशनका नवयुवक चलचित्रकर्मीहरुसँग हातेमालो गरेर नेपाली चलचित्रको सुन्दर भविष्य कोर्ने जस्ता कयौँ मेरा योजनामा वे्रक लागेको छ । तर चलचित्र विकास र्वोड मेरो जागीर होइन सामाजकि जिम्मेवारी थियो । योगदान दिन पद नै चाहिन्छ भन्ने केही पनि छैन र चलचित्र क्षेत्रलाई योगदान दिने मेरो यात्राको यो काष्टीङ मात्र हो, मध्यान्तर पनि हैन, दि इन्ड त हुँदै होइन ।






