कथा काठमाडौंको फष्ट लुक्स सार्वजनिक

काठमाडौं,
आषाढ २४ ।

चलचित्र कथा काठमाडौंको फष्ट लुक्स पोष्टर सार्वजनिक गरिएको छ । आगामी १२ असोजदेखि दर्शकमाझ आउने यो चलचित्रको फष्ट लुक्स सार्वजनिक गरिएको हो ।

पोष्टरलाई ज्योतिमान डंगोलले तयार गरेका हुन् । सार्वजनिक पोष्टरमा चलचित्रको पात्रको लुक्स र काठमाडौमा भोगिने केहि घटनाक्रमको प्रतिविम्ब चित्रण गरिएको छ ।

कान्तिपुर टिभीमा ‘कथा प्रेमका’ निर्देशन गर्दै आफूलाई भिजेसँगै निर्देशकको रुपमा चिनाएकी संगीता श्रेष्ठले चलचित्र कथा काठमाडौं निर्देशन गरेकी हुन ।

काठमाडौंका भिन्न भिन्न पात्रको कथालाई यसमा चित्रण गरिएको संगीताले बताईन् । यसचलचित्रको पोष्टरमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीलाई समेटिएको छ । चलचित्रमा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन ।

आहाना फिल्मको ब्यानरमा निर्माण भएको यो चलचित्रमा विजय रार्इको लगानी छ । कथा काठमाडौंमा लुःजः सिंहको छायाँकन रहेको छ । यसमा मित्र गुरुङको सम्पादन र संगीता स्वयमको पटकथा छ ।

यसमा तपाइको मत

अन्य समाचार