सङ्गीत नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट ६ स्रष्टा पुरस्कृत

काठमाडौं,
आषाढ २३ ।

‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’बाट ६ जना स्रष्टा पुरस्कृत भएका छन् । नेपाली सङ्गीत, लोक नृत्य, लो नाट्य, गायन, तथा लोक गायन क्षेत्रमा पाँच दशक भन्दा लामो समय योगदान पुर्याएका स्रष्टाहरुलाई पुरस्कृत गरिएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले सङ्गीत, नृत्य तथा नाट्य क्षेत्रका ६ जना स्रष्टालाई शुक्रबार अपरान्ह आफ्नै कार्यालयमा २०७४ सालको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कार प्रदान गरेका हुन् । स्रष्टाहरुलाई जनही एक लाख एक रुपैयाँ र ताम्रपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा आधुनिक गीत तर्फको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कार ६ दशक भन्दा लामो समयदेखि गीत लेखनमा सक्रिय गीतकार किरण खरेललाई प्रदान गरियो ।

शास्त्रीय सङ्गीत तर्फको पुरस्कार अग्रज बाद्यबादक एवम् शास्त्रीय सङ्गीतकार पुष्परत्न तुलाधरलाई प्रदान गरियो । यस्तै ६ दशकदेखि लोकसङ्गीतमा सकृय गायक एवम् रचना सङ्कलक एल.पी. (लक्ष्मीप्रसाद) जोशीले लोक सङ्गीत तर्पmको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट पुरस्कृत गरियो ।

यसैगरी सोही कार्यक्रममा ६ दशकदेखि यो क्षेत्रमा क्रियाशिल अग्रज अभिनेत्री एवम् नृत्य कलाकार सुभद्रा अधिकारीलाई नृत्य सम्बन्धिको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

६ दशक भन्दा लामो समयदेखि मल्लकालिन नाट्यको अनुसन्धानमा सक्रिय अनुसन्धानकर्ता प्रा. डा. रामावतार यादबलाई नाट्य तर्फको राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान गरियो । उनी बिदेशमा भएका कारण छोरा डा. बिजय यादबले सो पुरस्कार ग्रहण गरे ।

यस्तै नाट्यतर्फ नै पाँच दशक भन्दा लामो सयमदेखि नाटक क्षेत्रमा क्रियाशिल नाट्यकर्मी मदनदाश श्रेष्ठलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट पुरस्कृत गरियो ।

उपराष्ट्रपति नन्दबहादुर पनुले सो कार्यक्रममा पाँच दशक भन्दा लामो समयदेखि सङ्गीत, नाट्य, अभिनय, नृत्य, गायन, गीतलेखन, बाद्यबादन क्षेत्रमा सक्रिय श्रष्टाहरुलाई संगीत तथा नाट् प्रज्ञा प्रतिष्ठानका तर्फबाट स्रष्टा परिचयपत्र प्रदान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रिपति पुनले नेपाली मौलिक लोक संगीत, लोक नृत्य, नाच, नाटकको संरक्षण गर्नसकेमात्र मौलिक संस्कृतिको संरक्षण हुने र नेपालको पहिचान जोगिने बताए । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कार्यको प्रशंसा गर्दै उपराष्ट्रपति पुनले यस्तो प्रतिष्ठानलाई अक्ष ससक्त र सवल बनाउन सरकारको ध्यान आकर्षक गराउँछु भने ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त)ले नेपाली सङ्गीत, नृत्य, नाट्य क्षेत्रमा आजीवन योगदान दिएर यो क्षेत्रमा अतुलनीय योदान पुर्याएकोकारण प्रतिष्ठानले चार वर्षदेखि यो राष्ट्रिय प्रज्ञा पुरस्कारले त्यस्ता स्रष्टालाई सम्मान गर्र्दै आएको बताए । कुलपतिलेसंघीय गणतन्त्रसँगै मुलुक प्रादेशिक संरचनामा गएको बेला प्रज्ञा प्रतिष्ठानहरुलाई खुम्च्याउँदै नेपाल, मौलिक लोक गीत, सङ्गीत, नाच, नाटक, कलालाई साहित्यमा गम्दै यो क्षेत्रलाई धरासायी बनाउन प्रतिष्ठान गाभ्ने नाउमा चलखेल गरिरहेको बताए । उनीहरु मौलिक लोक संस्कृति संरक्षणको पक्षपति भएको कुलपति सरुभक्तले जिकिर गरे ।

यस्तै सो प्रतिष्ठानको उपकुलपति शम्भुजीत बासकोटाले यो पुरस्कारले पुरस्कृत कलाकारलाई राष्ट्रको गौरभसँग जोड्ने विश्वास पनि उनले व्यक्त गरे । उनले राष्ट्रिय स्तरको यो पुरस्कार अग्रज स्रष्टाहरुको योगदानको कदरसँगै यो क्षेत्रमा अझ प्रोत्साहन मिल्ने विश्वास प्रतिष्ठानले लिएको बताए ।

यसमा तपाइको मत

अन्य समाचार