चलचित्र ‘चक्कर’को ‘बिहानीको किरणसँगै…’ सार्वजनिक

काठमाडौं,
आषाढ १७ ।

चलचित्र ‘चक्कर’को ‘बिहानीको किरणसँगै…’ सार्वजनिक भएको छ । आगामी साउन चार गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘चक्कर’को नयाँ गीत आईतबार सार्वजनिक गरिएको हो ।

चलचित्रमा समावेश केही मोन्टाज दृश्यहरु समावेश गीतको भिडियोमा लिड कलाकारहरु ऋचा शर्मा, अर्पण थापा, एवनराज उप्रेती, सिर्जना सुब्बा, स्मृति पोखरेल, भोलाराज सापकोटा फिचर छन् । गीतमा स्वर पुष्प पलाञ्चोकेको छ। शब्द सङ्गीत संगम पन्त र पुष्प पलाञ्चोकेको छ ।

अनुष्क रौनियारले निर्देशन गरेको चलचित्रलाई अनुष्कले नै सम्पादन गरेका छन् । नेशनल मिडिया प्रोडक्सन र केटिएम आर्ट्सको ब्यानरमा बनेको चलचित्र ‘चक्कर’लाई रविन आचार्यले निर्माण तथा छायांकन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार