छायाँछवि काव्य शृङ्खलामा सुनिए अमला र प्रकाश

काठमाडौं,
आषाढ १७ ।

छायाँछवि काव्य शृङ्खलाको ९औं संस्कणमा सुनिएका छन् अमला अधिकरी र रम्घाली । कार्यक्रममा अधिकारीले गजल सुनाइन् भने रम्घालीले कविता सुनाएका थिए ।

अघिकारीले करिव एक दर्जन गजल सुनाइन् । उनले गजलमा माया-प्रेम, समाज एवम् राजनीतिक व्यङ्ग्यका रचना सुनाएकी थिइन् । त्यस्तै कवि प्रकाश रम्घालीले विभिन्न १० कविता सुनाएका थिए । रम्घालीले पनि सामाजिक यथार्थका कविता साथै व्यङ्ग्यात्मक कविताहरु सुनाएका थिए ।

कार्यक्रम संयोजक रश्मि रोदनले आफ्नो कार्यक्रमको बारेमा विचार पस्केकी थिइन् । सहभागीताको सङ्ख्याभन्दा पनि गुणात्मक स्रोता कार्यक्रमको मापक भएको मुक्तककार एवम् गजलकार रश्मि रोदनले बताइन् ।

कार्यक्रमका विशिष्ट अतिथि सङ्गीतकार सन्तोष श्रेष्ठले प्रस्तुत गजल एवम् कविताका बारेमा टीप्पणी राखे । छायाँछविको यो काव्य शृङ्खलापवित्र उद्देश्यको भएको र यस किसिमको कार्यक्रमबाट सर्जक उत्साहित हुने विचार राखे ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्ति प्रियले सुत्रधारको भूमिकामा प्रस्तुत हुँदै कार्यक्रमको औंचित्य प्रकाश पारे । हरेक घटना मानिसको लागि पाठ हुने बताउँदै प्रियले कार्यक्रम हरेक छायाँछबि काब्य शृङ्खला एक पछि एक गर्दै स्तरीय बन्दै गएको बताए ।

कार्यक्रमप्रति स्रष्टा अमला अधिकारी र प्रकाश रम्घालीले आभार ब्यक्त गरे । कार्यक्रम नेपाल चलचित्र संघको सह कार्यमा विशाल नगरमा सम्पन्नभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार