काठमाडौं,
आषाढ १३ ।
जयराम शाही र देवी धर्तिको स्वरमा रहेको गीत ‘घरवार बनाई देउ…’ सार्वजनिक भएको छ । कोे म्यूजिक भिडियो सार्वजनिक भएको छ । अलिफ खानको शब्द तथा राजु अर्यालको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सार्वजनिक गीतमा युवा युवतीमा आइपर्ने विशेष परिस्थतीलाई चित्रण गरिएको छ । रामजी खाँड, करिश्ष्मा ढकाल र सोनु थापाको अभिनय रहेको भिडियोमा सुरेश श्रेष्ठको छायाँकन, दीपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ ।






