ग्रेट लभ मार्फत आउँदै शाश्वत

काठमाडौं,
आषाढ ९ ।

नेपाली चलचित्र ग्रेट लभ मार्फत नेपालको पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अधक्ष्य सुचित्रा श्रेष्ठको छोरा नबनायक शाश्वत श्रेष्ठ चलचित्र क्षेत्रमा प्रवेश गरेका छन् ।

निर्माणमा रहेको चलचित्र ग्रेट लभ मार्फत उनि अब नेपाली रजतपटकमा देखा पर्ने भएका हुन । टीनएजर लभ अर्थात युवा अबस्थाको प्रेमलाइ पर्दा मार्फत देखाउन खोजिएको यस चलचित्रमा नबनायक शाश्वत श्रेष्ठको साथमा नबनायिका एलिजा ओलीलाइ देख्न सकिनेछ ।

देउराली इन्टरनेशनल मिडिया प्रा.लि.को ब्यानरमा बन्दै गरेको यस चलचित्रलाई निर्देशक सुचित्रा श्रेष्ठले निर्देशन गरेकी छिन भने छायाँकार ज्ञानु राइले छायांकन गरिरहेका छन् ।

बालकलाकारको भूमिकामा समेत देखापरिसकेका नबनायक शाश्वत श्रेष्ठले सानैदेखि चलचित्र क्षेत्रमा झुकाब राख्दै आएका थिए । आफ्नो रुचि तथा आमको साथ सहयोगले हौसिएका शाश्वत हेर्दा पनि आकर्षक तथा चकलेटी देखिन्छन । नेपाली सिने क्षेत्रमा आएका नब नायक शाश्वत भर्खरै मात्र प्लस टु अध्यन सकेर चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन ।

अभिनय, नृत्य र एक्सनमा पोख्त भएको कारणले गर्दानै चलचित्रमा राम्रो काम गर्ने लक्ष्य बोकेका छन । सानैदेखि नायक बन्ने सपना बोकेका शाश्वत भविष्यमा नेपाली कला क्षेत्रमा आफूलाई आउँदा दिनमा कसरी प्रस्तुत गर्ने हुन त्यो त उनका आगामी दिनले नै तय गर्ने छ । अहिलेलाई भने नेपाली चलचित्र क्षेत्रमा चलचित्र ‘ग्रेट लभ ’मार्फत सम्भावना बोकेका एक नवनायक थपिएका छन् शाश्वत श्रेष्ठ ।

यसमा तपाइको मत

अन्य समाचार