डिआर उपाध्यायका एकसाथ दुई कृति सार्वजनिक

काठमाडौं,
आषाढ ९ ।

साहित्यकार डाक्टर डिआर उपाध्यायको उपन्यास अतिरिक्त र एल्बम प्रणय सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सूचना तथा सञ्चारमन्त्रिको प्रमुख्य आतिथ्यतामा दुई कृति सार्वजनिक भएका छन् ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वरिष्ठ गायक प्रेमध्वज प्रधान, प्राध्यापक दिपक जंगम, गीतकार दिनेश अधिकारी, सङ्गीतकार बुलु मुकारुङ, कानुनविद् तथा गीतकार डाक्टर भीमार्जुन आचार्य, सांसदहरु रामेश्वर राय यादव, सरिता गिरि, इन्दु शर्मालगायतको उपस्थिति रहेको थियो । साथै डिआरका गुरु चण्डी काफ्लेले संयुक्त रुपमा एल्बम बिमोचन गरेका थिए ।

पानसमा दीप प्रज्वलन गर्दै सुरु गरिएको कार्यक्रममा एल्बमका एकल सङ्गीतकार सागर अधिकारी ’शरद’को पनि उपस्थिति रहेको थिए । एल्बममा ६ गीत सङ्ग्रहित छन्, जसमा स्वयम् सङ्गीतकार सागरसँगै सत्यराज आचार्य, स्वरूपराज आचार्य, प्रमोद खरेल, रामचन्द्र काफ्ले, मेलिना राई, मिलन अमात्य, सुरेश लामाको स्वर रहेको छ ।

एल्बममा कसले भन्छ, तिमी बिना, आउ नआउ, आफ्नै छायाँले, हाम्रो मधुर मिलन र चौबन्दी चोलीलगायतका गीत सङ्ग्रहित छन् । डिआरले अतिरिक्त उपन्यास अगाडी नै अपवित्र छायाँ, विटुली, भाग्यचक्र, स्वार्थी, त्यागी र बज्रघातलाई प्रकाशित गरिसकेका छन् ।

सञ्चारकर्मी नरेश भट्टराईले सञ्चालन गरेको कार्यक्रममा एल्बममा समावेश गीतको भिडियो समेत देखाइएको थियो । एल्बममा समावेश पहिलो नम्बरको गीत कसले भन्छको भिडियो तयार गरिएको छ जसलाई प्रशन्न पौडेलले निर्देशन गरेका छन् भने यसमा स्वयम् गीतकार डिआर देखिएका छन् । उनलाई अनु शाहले मोडलिङमा साथ दिएकी छिन । गीतलाई बिदुर पाण्डेले खिचेका हुन् भने यसलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार